मतदानपछि हृदयराम थानीले भने– गठबन्धनको पक्षमा जनमत आउँछ
आइतबार, ०४ मङ्सिर २०७९, १३ : ०७
सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हृदयराम थानीले वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १ को सरस्वती माध्यमिक विद्यालयबाट मतदान गरेका छन् । सत्तारुढ गठबन्धनका साझा उम्मेदवार रहेका थानीले विगतमा भन्दा यो पटक मतदाताको उत्साह बढेको बताए ।
रातोपाटीसँग कुराकानी गर्दै उनले भने– ‘उत्साह विगतभन्दा अझै बढेको पाएको छु । गठबन्धनको माहोल पनि राम्रै भएकाले यो चुनाव सहज रुपमा जित्छु ।’ थानी तीन दशकयता निरन्तर संसदीय निर्वाचनमा भाग लिँदै आएका छन् । ०७४ मा एमालेका नवराज रावतसँग पराजित भएका थानी योपटक गठबन्धनको बलमा जितको खोजी गरिरहेका छन् ।
उनको प्रतिस्पर्धीको रुपमा नेकपा एमालेका सुर्खेत जिल्ला अध्यक्ष अमृत विसी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण