मतदानपछि हृदयराम थानीले भने– गठबन्धनको पक्षमा जनमत आउँछ
आइतबार, ०४ मङ्सिर २०७९, १३ : ०७

सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हृदयराम थानीले वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १ को सरस्वती माध्यमिक विद्यालयबाट मतदान गरेका छन् । सत्तारुढ गठबन्धनका साझा उम्मेदवार रहेका थानीले विगतमा भन्दा यो पटक मतदाताको उत्साह बढेको बताए ।
रातोपाटीसँग कुराकानी गर्दै उनले भने– ‘उत्साह विगतभन्दा अझै बढेको पाएको छु । गठबन्धनको माहोल पनि राम्रै भएकाले यो चुनाव सहज रुपमा जित्छु ।’ थानी तीन दशकयता निरन्तर संसदीय निर्वाचनमा भाग लिँदै आएका छन् । ०७४ मा एमालेका नवराज रावतसँग पराजित भएका थानी योपटक गठबन्धनको बलमा जितको खोजी गरिरहेका छन् ।
उनको प्रतिस्पर्धीको रुपमा नेकपा एमालेका सुर्खेत जिल्ला अध्यक्ष अमृत विसी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: नागार्जुनका मेयर दोषी ठहर, ग्वार्काे ओभरपास सञ्चालनमा
-
गैँडाकोटले घरेलु मदिरालाई व्यावसायीकरण गर्ने
-
आयोजक स्कटल्यान्डलाई त्रिकोणात्मक सिरिज, नेपाल पराजित
-
अख्तियारद्वारा दुई कर्मचारी पक्राउ, थप दुई कर्मचारीको मोबाइल बरामद
-
एसएसपीले गरे ग्वार्को ओभरपासको उद्घाटन, ओलीले ताली पड्काए (भिडियोसहित)
-
राजावादीको आन्दोलन मत्थर भएपछि काठमाडौँको निषेधाज्ञा फिर्ता