आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

दिपक राज गिरीले भने, ‘.....अनि घण्टीबारे लेख्दिनँ, महसुस मात्रै गर्नेछु’

सोमबार, ०५ मङ्सिर २०७९, १४ : ०६
सोमबार, ०५ मङ्सिर २०७९

हास्यकलाकार तथा अभिनेता दिपक राज गिरीले मतगणनापछि के होला भनेर आफ्नो धारणा व्यक्त गरेका छन् । उनले सोमबार सामाजिक सञ्जालमा ‘आज म लेख्दैछु’ भनेर चुनावको मत परिणाम आएपछिको सम्भावनाबारे लेखेका हुन् ।

उनी लेख्छन्, ‘मेरो विचारमा सम्पूर्ण मत परिणाम आएपछि माओवादीका साथीहरुले कांग्रेस इमान्दार नभएको आरोप लगाउनेछन् । अनि यसबारेमा शेर बहादुर देउवाको स्पष्टिकण आउनेछ र त्यो स्पष्टिकरण नबुझेर रणभुल्ल हुँदै आगामी गठबन्धन को सँग गर्ने भनेर फेरि हिसाब किताब गर्न थाल्नेछन् । ’

यस्तै उनी थप्छन्, ‘यता एमालेजनहरु समाजवादीको साइज देखेर प्रशन्न हुँदै आफ्नो हालतमा चिन्ता गर्ने छैनन्... । उता समाजवादीहरु आफूले कति ठाउँमा जितियो भन्दा पनि एमालेलाई यति ठाउँमा हराउन सकियो भनेर कृत्रिम खुसी मनाउनेछन्...’

यस्तै उनी थप्छन्, ‘कांग्रेसहरू देउवाले नेतृत्व छोड्नु पर्ने आवाज फेरि उठाउन थाल्ने छन् भने जसलाई देउवा गुटका सांसदहरूले देउवालार्इ नेपाली कांग्रेसको निर्विकल्प नेता घोषित गर्दै अर्को निर्वाचनमा उनकै नेतृत्वमा बहुमत ल्याउने गरेर रणनीति बनाएर अगाडि बढ्नु पर्ने जिकिर गर्ने छन् !’

यस्तै, उनले राप्रपाको स्थिति पोहोरभन्दा राम्रो भएको तर तर घन्टी आएर आफ्नो पक्षको भोट चोरेर लगेको तर आफ्नो भबिष्य राम्रै रहेको बिश्लेषण गर्ने बताएका छन् ।

‘मधेसी दल सधै झैँ आफ्नो जीत हुन नसकेकोमा चिन्ता गर्नु भन्दा  ‘न मेरा हुआ न तेरा हुआ’

भन्दै एक अर्काको घरमा लागेको आगो तापेर खुसी मनाउने छन्,’ उनले लेखेका छन् ।

यस्तै उनले घण्टीबारे लेखेका छन् –

 ‘अनि घण्टी ???

मुसुमुसु हाँसेर अघिदेखि घण्टीको बारेमा के लेख्ला भनेर सोचिरहनु भा होला होइन ?

त्यो लेख्दिन महसुस मात्रै गर्छु !

सफलता सँग मुस्कान मात्रै होइन चुनौती पनि टाँस्सिएर  आएको हुनेछ ! त्यो सबैले बुझ्नु पर्छ !’

‘यो मेरो सबै अनुमान गलत पनि हुन सक्ला , तर प्रजातन्त्र हो , बिना कुनै पूर्वाग्रह अनूमान त गर्न पाइयो नि १ होइन र ?’

उनले अन्तिममा प्रश्न गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप