निर्वाचनको मौका छोपी व्यापारीहरूद्वारा मूल्यवृद्धि
पछिल्लो १५ दिनयता बजारमा दैनिक अत्यावश्यकीय उपभोग्य वस्तुको भाउ महँगिएको छ । भान्छामा नभई नहुने दाल, चामल, खाने तेललगायतको भाउ पुनः महँगिएको हो । तरकारी, मासु र इन्धनको पनि मूल्य वृद्धि भएको छ । सरकार र सरकारका नियमनकारी निकाय सङ्घीय तथा प्रदेश सभाको निर्वाचनमा केन्द्रित भएको मौका छोपी व्यापारीहरूले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बहानामा खाद्यवस्तुको भाउ बढाएका हुन् ।
नेपाल खुद्रा व्यापार सङ्घका अनुसार पछिल्लो १५ दिनमा खाने तेलको मूल्य प्रतिलिटर १० रुपियाँसम्म बढेको छ । तोरीको तेल प्रतिलिटर १० रुपियाँ, सनफ्लावर प्रतिलिटर १० रुपियाँ र भटमासको तेल प्रतिलिटर पाँच रुपियाँ बढेको सङ्घले जनाएको छ । चामल २५ केजीको प्रतिबोरा १०० रुपियाँ बढेको छ । दाल, गेडागुडीलगायका सबै वस्तुको भाउ त्यसैगरी बढेको छ । उपभोक्ता अधिकारकर्मीहरू बजारमा कालोबजारी मौलाउँदासमेत सरकारका जिम्मेवार निकाय रमिते बनेको आरोप लगाउँछन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् नेपाल मेडिकल काउन्सिलको अध्यक्ष र रजिस्ट्रारका २४ उम्मेदवार
-
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी
-
रास्वपाकाे केन्द्रीय सदस्यबाट नाम हटाइएपछि के भने सोम शर्माले ?
-
सवारीसाधनको कालो सिसा हटाउन ७ वटै प्रदेशमा सर्कुलर
-
सुस्तावासीको पीडा, ‘देशका लागि गोली खायौँ, नागरिकता पाएनौँ’
-
बजेट विवादः बागमतीमा कांग्रेसभित्र किचलो, काठमाडौँमा लामा समूहको छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण