आस्था राउतको नयाँ गीत ‘कोसिस गर’ सार्वजनिक
गायिका आस्था राउतको स्वरमा रहेको गीत ‘कोसिस गर’ सार्वजनिक भएको छ । गीतले सकारात्मक चिन्तन र सोचलाई प्राथमिकता दिएको छ ।
साबित्री राउतको शब्द, सुरेश अधिकारीको संगीत, महाराज थापाको एरेन्ज गीतमा रहेको छ । गीतको भिडियोमा गायिका एक घुमन्ते फोटोग्राफरका रुपमा प्रस्तुत भएकी छन् । जसले खिचेको भिडियो फुटेज हेरेर दृष्टिविहिन गायिकालाई संगीतकार सुरेश अधिकारीले गीत गाउन स्टुडियो बोलाएका छन् ।
दृष्टिविहिनको गीत गाउने चाहना, आत्महत्या गर्न तयार युवकले दृष्टिविहिनको गीत सुनेपछि आत्महत्या नगर्नु, गलत साथीको संगतमा परेका एक विद्यार्थीलाई सम्झाएपछि उसले खेल जित्नुलगायतका दृश्यलाई मार्मिक ढंगले भिडियोमा देखाइएको छ ।
भिडियोमा गीतले ‘जित्यौ भने जितिन्छ, हारे सिकिन्छ’ थिम बोकेको छ । ‘यो प्रेरणादायी गीत हो । यो गीतको भावमा जसले जे रंग पनि लगाउन सक्छ । त्यो आफ्नो बुझाईमा भर पर्ने हो’ गायिकाले भनिन् ।
भिडियोमा गायिका आस्थाको अलवा ‘द भ्वाइस अफ नेपाल’ की रीता राई, ईश्वर लकाई खड्का, सरु दाहाल र खड्ग गन्धर्व फिचर्ड छन् । भिडियोमा शान थापाको निर्देशन, पवन सुस्लिङको छायांकन, सुप्रिम पराजुलीको सम्पादन, राजीव समरको सहायक निर्देशन र सरिता मगरको मेकअप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण