ऋर्चाले अष्ट्रेलियामा जितिन् उत्कृष्ट अभिनेत्रीकाे अवार्ड
मङ्गलबार, ०६ मङ्सिर २०७९, १२ : २१
काठमाडौँ । अभिनेत्री ऋचा शर्माले अष्ट्रेलियामा उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् । उनले ‘टाइटन फिल्म फेस्टिबल’ मा सर्ट फिल्म ‘ब्लड मनी’ का लागि उक्त अवार्ड जितेकी हुन् ।
अशोक कुमार तिमल्सिनाको लेखन तथा निर्देशन रहेको फिल्ममा ऋचाको अलावा मिथिला शर्मा, अशोक तिमिल्सिना, पारस तिमिल्सिना, सौरभ पौडेल लगायतको अभिनय छ ।
साउदीमा एक नेपालीलाई अन्यले फसाएको कारण फाँसीको सजाय हुँदा उनले नेपालको प्रधानमन्त्रीलाई लेखेको चिट्टी र उसकी श्रीमतीले उनलाई नेपाल ल्याउन गरेको संघर्षको कथा फिल्मले उठाएको छ । सनिस श्रेष्ठको छायांकन रहेको फिल्मको सम्पादन शाहिल खान हुन् ।
अष्ट्रेलियामा आफुले अभिनय गरेको फिल्म अवार्ड जित्दा निकै खुसी लागेको ऋचाले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अविरल वर्षाका कारण आधा दर्जनभन्दा बढी राजमार्ग अवरुद्ध
-
शुक्लाफाँटामा रास्वपाको ‘जनसंवाद यात्रा’
-
गोल्डेन बुटको रोमाञ्चक दौड : एमबाप्पे बने सर्वाधिक गोलकर्ता, मेसीलाई अझै अवसर
-
जोखिमको अवस्था हेरेर मात्रै सवारीसाधन चलाउन दिइने
-
आवश्यक परे निजी क्षेत्रसँग सहयोगको आग्रह गरिने
-
आज यी चार प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण