उद्योग दर्ता आधाले घट्यो
चालू आर्थिक वर्ष २०७९/८० को चार महिनामा (साउन–कात्तिक) उद्योग दर्ता आधाले घटेको छ । उद्योग विभागका अनुसार चालू आर्थिक वर्षको कात्तिकसम्म ६८ वटा उद्योग दर्ता भएका छन् । गत वर्ष सोही अवधिमा १३४ उद्योग दर्ता भएका थिए ।
यस वर्ष २८ वटा ठूला उद्योग, २५ वटा मझौला र १५ वटा साना उद्योग दर्ता भएका छन् । ती उद्योगबाट चार हजार ९३५ जनाले रोजगारी पाउने अनुमान गरिएको छ । गत वर्ष सोही अवधिमा ठूला उद्योग ३९, मझौला उद्योग ४९ र साना उद्योग ४६ गरी १३४ वटा उद्योग दर्ता भएका थिए । ती उद्योगमा एक खर्ब ५१ अर्ब ८५ करोड रुपियाँ लगानी प्रतिबद्ध भएको थियो । ती उद्योगबाट १२ हजार २३५ जनालाई रोजगारी उपलब्ध गराइने अनुमान थियो । चालू आवमा दर्ता भएका उद्योगमा ९६ अर्ब १६ करोड ५८ लाख रुपियाँ बराबरको स्वदेशी लगानी प्रतिबद्धता जनाएकोे विभागले जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालमा एक खर्ब ३४ अर्ब ८६ करोड ९४ लाख रुपियाँ बराबरको स्वदेशी लगानी प्रतिबद्धता आएको थियो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् नेपाल मेडिकल काउन्सिलको अध्यक्ष र रजिस्ट्रारका २४ उम्मेदवार
-
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी
-
रास्वपाकाे केन्द्रीय सदस्यबाट नाम हटाइएपछि के भने सोम शर्माले ?
-
सवारीसाधनको कालो सिसा हटाउन ७ वटै प्रदेशमा सर्कुलर
-
सुस्तावासीको पीडा, ‘देशका लागि गोली खायौँ, नागरिकता पाएनौँ’
-
बजेट विवादः बागमतीमा कांग्रेसभित्र किचलो, काठमाडौँमा लामा समूहको छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण