रोल्पामा वर्षमान पुन फराकिलो मतान्तरसहित अगाडि
प्रतिनिधि सभामा एक मात्र निर्वाचन क्षेत्र रहेको रोल्पामा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले मतान्तर फराकिलो पार्दै लगेका छन्।
२६ हजार ५१९ मत गणना गर्दा पुनले १६ हजार २१९ मत ल्याएका छन्। एमालेका पूर्णबहादुर बुढामगरले ६ हजार ६१९ मतसहित पुनलाई पछ्याइरहेका छन्।
यस्तै राप्रपाका लिला राउतले १ हजार १६, राप्रपा नेपालका रामबहादुर वली क्षेत्रीले ४ सय ४० र नेपाल मजदुर किसान पार्टीका नातिभाई हयाम्बोले ६८ मत प्राप्त गरेका छन्।
प्रदेश सभातर्फ क मा २३ हजार ५४५ मतगणना भएकोमा माओवादी केन्द्रका जोख बहादुर महराले १५ हजार २१९, एमालेका कमल बुढाथोकीले ४ हजार ३६५, राप्रपाका पदम बहादुर थापाले १ हजार ७५० मत पाएका छन् ।
त्यसैगरी प्रदेश सभा (ख) मा कुल २३ हजार २७४ मत गनेकोमा स्वतन्त्र दिपेन्द्र कुमार पुनको ९ हजार ५२३, कांग्रेसका अमर सिह पुनको ७ हजार २१७, एमालेका प्रेम बहादुर घर्तिमगरको ४ हजार ७८३ आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण