शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

५१ स्थानमा उम्मेदवारी दिएको लोसपा ३ सिटमा विजयी

शुक्रबार, ०९ मङ्सिर २०७९, १४ : ४२
शुक्रबार, ०९ मङ्सिर २०७९

विभिन्न ५१ सिटमा उम्मेदवारी दिएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ३ सिटमा विजयी भएको छ । आइतबार सम्पन्न आम निर्वाचनको मतगणना जारी रहँदा लोसपाले ३ स्थानमा विजय हासिल गरेको छ । यस्तै गणना भइरहेका अन्य निर्वाचन क्षेत्र महोत्तरी ३ बाहेक अन्यमा लोसपा प्रतिस्पर्धामा देखिएको छैन । 

निर्वाचन आयोगका अनुसार महोत्तरी २ बाट शरतसिंह भण्डारी विजयी भएका छन् भने सर्लाही १ बाट रामप्रकाश चौधरी विजयी भएका छन् । यस्तै रुपन्देही १ बाट सर्वेन्द्रनाथ शुक्ला विजयी हुँदा अन्य स्थानमा भने लोसपाले अग्रता लिन नसकेको हो । महोत्तरी ३ मा उम्मेदवार रहेका लोसपाका अध्यक्ष महन्थ ठाकुर  पछि परेका छन् । उनलाई जसपाका हरि नारायण यादवले पछि पारेका छन् । हरिनारायणको १२ हजार ४११ मत रहेको छ भने ठाकुरले ११ हजार ८३८ मत पाएका छन् । 
सत्ता गठबन्धनसँग तालमेल गर्दा लोसपाले  ९ सिट भाग पाएको थियो । तालमेल नभएका क्षेत्रसमेत गरेर लोसपाले ५१ क्षेत्रमा उम्मेदवारी दिएपनि ३ सीमितमा सीमित हुने देखिएका हो । 
यी हुन् लोसपाका उम्मेदवार-

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप