बागमती प्रदेशसभामा २ विधेयक टेबुल
सारांश
- बागमती प्रदेशसभाको बैठकमा शिक्षा र ऊर्जा क्षेत्रसँग सम्बन्धित २ वटा विधेयकहरू टेबुल गरिएका छन् ।
- सामाजिक विकास मन्त्रीले प्रदेशभित्रको उच्च शिक्षालाई गुणस्तरीय, व्यवस्थित र समयसापेक्ष बनाउन ऐन संशोधन गर्न बनेको विधेयक प्रस्तुत गरे ।
- खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रीले प्रदेशभित्र विद्युतको उत्पादन, प्रसारण र वितरणलाई व्यवस्थित गर्ने लक्ष्य राखेको विद्युत् विकाससम्बन्धी विधेयक सदनमा टेबुल गरे ।
मकवानपुर । बागमती प्रदेशसभाको बैठकमा शिक्षा र ऊर्जा क्षेत्रसँग सम्बन्धित २ वटा विधेयकहरू टेबुल गरिएका छन् ।
बुधबार बसेको प्रदेशसभा बैठकमा सरकारका तर्फबाट ‘प्रदेश उच्च शिक्षा’ संशोधन र ‘विद्युत् विकास’ सम्बन्धी विधेयकहरू प्रस्तुत गरिएको हो ।
बैठकमा सामाजिक विकास मन्त्री कञ्चन चन्द्र बादेले ‘प्रदेश उच्च शिक्षा ऐन २०७८ लाई संशोधन गर्न बनेको विधेयक २०८३’ टेबुल गरे । विधेयक प्रस्तुत गर्दै मन्त्री बादेले प्रदेशभित्रको उच्च शिक्षालाई थप गुणस्तरीय, व्यवस्थित र समयसापेक्ष बनाउन ऐनमा संशोधन आवश्यक रहेको बताए ।
विशेष गरी प्रदेश अन्तर्गतका विश्वविद्यालयहरूको सञ्चालन, प्राज्ञिक स्वायत्तता र प्रशासनिक सुधारका लागि यो विधेयकले बाटो खोल्ने उनको भनाइ छ।
बैठकमा खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले ‘प्रदेशमा विद्युत् विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८३’ सदनमा टेबुल गरेका थिए।
उक्त विधेयकले प्रदेशभित्र विद्युतको उत्पादन, प्रसारण र वितरणलाई व्यवस्थित गर्ने लक्ष्य राखेको उनले बताए । मन्त्री तामाङले प्रदेशको आफ्नै जलविद्युत र नवीकरणीय ऊर्जाको प्रवर्द्धन गरी ऊर्जा क्षेत्रमा आत्मनिर्भर बन्न उक्त कानुन कोशेढुंगा सावित हुने बताए।
त्यसअघि प्रदेशसभाकी उपसभामुख अप्सरा चापागाईँले दुवै विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेस गर्न मन्त्रीद्वय बादे र तामाङलाई समय दिएकी थिइन् । उक्त विधेयकका विषयमा प्रदेशसभामा गर्दा कुनै पनि सांसदहरूले विरोधको सूचना नगरेपछि उपसभामुख चापागाईँले उक्त विधेयकहरू टेबुल गराएकी थिइन्।
उक्त विधेयकहरू आगामी प्रदेशसभाको बैठकमा छलफलका लागि अघि बढ्ने छन्। जसमा सांसदहरूले यसमाथि दफावार छलफल गर्नेछन् भने छलफलपछि आवश्यक संशोधन वा सुझावसहित विधेयक पारित गर्ने प्रक्रिया अगाडि बढ्ने छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोल्डेन बुटको दौडमा एमबाप्पे र हालान्ड, युरोपका दुई महारथीलाई अफ्रिकी टिमको चुनौती (भिडियो)
-
त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त
-
श्रीमती हत्या प्रकरण : ‘नेपाली ब्रो’सहित चार जनाविरूद्ध जन्मकैद माग गर्दै मुद्दा दर्ता
-
जेनजीलाई बिर्सेको बालेन सरकार
-
बालबालिकालाई पार्टी सदस्य बनाएको विषयमा रास्वपाले दियो प्रष्टीकरण
-
बेल्जियमको अनुभव कि सेनेगलको गति : कसले काट्ला अन्तिम १६ को टिकट ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण