बागमतीका समस्याग्रस्त ५ सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न निर्देशन
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले समस्याग्रस्त ५ सहकारीका साना बचतकर्ताको रकम तत्काल फिर्ता गर्ने निर्देशन गरेका छन् ।
बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषित ५ वटा सहकारीका साना बचतकर्ताहरूको बचत रकम फिर्ता गर्ने प्रक्रिया तत्काल अघि बढाउने उनले निर्देशन दिएका हुन् ।
बुधबार मुख्यमन्त्री बानियाँको उपस्थितिमा हेटौँडामा बसेको बैठकले उक्त समस्याग्रस्त ५ सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तत्काल सूचना प्रकाशन गर्न निर्देशन गरेको हो ।
बैठकले हाल व्यवस्थापनको प्रक्रियामा रहेका ५ वटा सहकारीहरू ८सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, दर्शन बचत तथा ऋण सहकारी लिमिटेड, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी लिमिटेड, लालीगुराँस बचत तथा ऋण सहकारी लिमिटेड र सुमेरु बचत तथा सहकारी संस्था लिमिटेडको सम्पत्ति बिक्री तथा ऋण असुलीबाट प्राप्त रकममार्फत साना बचतकर्ताहरूको रकम फिर्ता गर्ने निर्णय गरेको हो । उक्त निर्णय अनुसार तत्काल सूचना प्रकाशन गरी प्रक्रिया सुरु गर्न मुख्यमन्त्री बानियाँले निर्देशन दिइदिएका थिए ।
उनले सहकारी क्षेत्रको वर्तमान अवस्था र समस्याग्रस्त सहकारीको समाधानका गर्ने विभागीय मन्त्रालय र निकायहरूलाई उपलब्धिमूलक ढङ्गबाट काम गर्न निर्देशन गरे । बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कामलाई थप चुस्त र प्रभावकारी बनाउने निर्णय गरेको छ भने आफ्नो प्रगति विवरण प्रत्येक तीन महिनामा (त्रैमासिक रूपमा) सम्बन्धित मन्त्रालयमा अनिवार्य रूपमा बुझाउनुपर्ने निर्णय गरेको छ । प्रदेशभित्र सञ्चालित समग्र सहकारी संस्थाहरूको अनुगमन र नियमनलाई प्रभावकारी बनाउने र यसको नियमित प्रतिवेदन समेत मन्त्रालयमा त्रैमासिक रूपमा पेस गर्नुपर्ने बैठकले निर्णय गरेको छ ।
आगामी दिनमा कुनै पनि सहकारी सङ्घ वा संस्थालाई समस्याग्रस्त घोषणा गर्नुपूर्व पर्याप्त वस्तुगत आधार र प्रमाणहरू यकिन गरेर मात्र सिफारिस गर्ने निर्णय बैठकले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त
-
श्रीमती हत्या प्रकरण : ‘नेपाली ब्रो’सहित चार जनाविरूद्ध जन्मकैद माग गर्दै मुद्दा दर्ता
-
जेनजीलाई बिर्सेको बालेन सरकार
-
बालबालिकालाई पार्टी सदस्य बनाएको विषयमा रास्वपाले दियो प्रष्टीकरण
-
बेल्जियमको अनुभव कि सेनेगलको गति : कसले काट्ला अन्तिम १६ को टिकट ?
-
शङ्कास्पद गतिविधि गरेको आरोपमा २७ जना चिनियाँ नागरिक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण