जुम्लामा आगलागीबाट चार तले घर जलेर नष्ट
शुक्रबार, ०९ मङ्सिर २०७९, २० : १४
जुम्लामा आगलागीबाट एक घर जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार चन्दननाथ नगरपालिका ३ निवासी लालबहादुर खत्रीको घर जलेर नष्ट भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार ४ तले १७ कोठे घर जलेर नष्ट भएको छ । बिहीबार राति साढे २ बजे आगलागी भएको रहेछ । तर प्रहरीलाई बिहान ६ बजे मात्रै खबर भएको थियो । वडाध्यक्ष रतन खत्रीका अनुसार आगलागीबाट मानवीय क्षति भने भएको छैन ।
घटना पछि चन्दननाथ नगरपालिकाले बैठक बसेर ६० हजार तत्कालका लागि राहत दिने निर्णय गरेको वडाध्यक्ष खत्रीले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीका अनुसार जिल्ला प्रशासन कार्यालयमा आकस्मिक बैठक बसेर राहतको लागि छलफल भएको छ । जिल्ला प्रशासनले नियमानुसार दिने २५ हजार पनि राहत उपलब्ध गराइनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्य क्षेत्रको तुलनामा बैंकको प्रतिफल न्यून छ : सीईओ ज्ञवाली
-
लामो समय विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका पीएसओहरु धमाधम फिर्ता
-
इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीको अवस्था अझै रहस्यमै
-
मौद्रिक नीतिमा निजी क्षेत्रको सुझाव : बजेटले नसमेटेका कुरा मौद्रिक नीतिले सम्बोधन गरोस्
-
नगरपालिकाको रकम हिनामिना लुकाउन मेयरले आफ्नै अपहरणको नाटक गरेपछि...
-
‘अक्षरा’ दक्षिण कोरियामा पनि प्रदर्शन हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण