दीपक बोहरा जसले बोल्दै नबोली चुनाव जिते

सामान्यतया निर्वाचनमा उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगेर आफ्नो लागि मत माग्ने गर्दछन् । तर आम निर्वाचन २०७९ मा एक जना यस्ता उम्मेदवार छन्, जो बोल्दै नबोली विजयी भएका छन् । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित राप्रपाका दीपक बोहरा चुनाव प्रचार प्रसारभर ‘भ्वाइस रेस्ट’ मा थिए । उनी अहिले पनि बोल्दैनन् ।
घरदैलोका क्रममा मतदातासँग साक्षात्कार गरे पनि बोहराले कसैसँग दोहोरो कुराकानी गरेनन् । उनले इशाराले नै मत मागे । उनको चुनावी सभामा निरञ्जन थापा, राप्रपाका जिल्ला अध्यक्ष प्रदीप उदय, स्वाति थापा, केन्द्रीय सदस्य तोयनाथ लम्साल, सागरप्रताप राणा, युवराज घिमिरे लगायतले सम्बोधन गर्दथे ।
विगत करिब ५ महिनादेखि बोहरा बोल्न छाडेका हुन् । पोस्ट कोभिडका कारण समस्या देखिएपछि उनी चिकित्सकको सल्लाहमा ‘भ्वाइस रेस्ट’ मा बसेका हुन् । पूर्ण रुपमा निको हुन अझै केही महिना लाग्ने उनका निकटस्थले बताए ।
मतदातासँग भलाकुसरी नै नगरी, दोहोरो संवाद नै नगरी, कुनै पनि चुनावीसभालाई सम्बोधन नै नगरी बोहराले वहालवाला गृहमन्त्री तथा नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण खाणलाई पराजित गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसले एलन मस्कलाई ड्रग्समा फसाएर ब्ल्याकमेल गर्न खोजेको थियो ?
-
सुपर–३ चरणको पहिलो खेलमा थाइल्यान्डले यूएईलाई हरायो
-
'सहकारी ठगीमा संलग्नलाई ६ महिनाभित्र बचत रकम फिर्ता गर्ने प्रतिबद्धता गराएर जेलमुक्त गरौँ'
-
सरकारले संविधान विपरीत काम गरिरहेको छः सांसद शाही
-
‘न्यायपालिकामाथि विश्वासको वातावरण नभएको गुनासो आउन थाल्यो’
-
गाजामा इजरायली हमला, बालबालिकासहित ३३ जनाको मृत्यु