शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

मण्डलामा नियमित ‘ऋतु राग’ मञ्चन

आइतबार, ०४ जेठ २०८२, १२ : २३
आइतबार, ०४ जेठ २०८२

काठमाडौँ । नाटक ‘ऋतु राग’को मञ्चन सुरु भएको छ । थापागाउँ स्थित मण्डला थियटरमा शुक्रबारबाट नाटका नियमित मञ्चन सुरु भएको हो । 

नाटक १८ गते आइतवारसम्म बेलुका ६ः३० बजे र शनिवार थप एक शो २ः३० बजे मञ्चन हुनेछ । ‘ऋतु राग’ मण्डला थिएटरको नाट्य सिजन २०८२–८३को पहिलो नाटक हो ।

नाटकको जर्नी हजुरबा र नातिनीको कथाबाट प्रारम्भ हुन्छ । नाटक ‘ऋतु राग’को लेखन तथा निर्देशन सुदिप खतिवडाले गरेका हुन्, भने सह–निर्देशन दिपेश काफ्लेको रहेको छ ।

नाटकमा दिपेश काफ्ले, सागर खाती कामी, प्रशंसा शिवाकोटी, रुजा राउत, उमेश दुलाल, शशांक बस्नेत, सिमोन गिरी र सुजन घिमिरे कलाकारको रुपमा छन् । 

natak news  (1)natak news  (2)natak news  (4)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप