विकासको प्रतिफल सीमान्तकृत वर्गसम्म पुग्नेगरी बजेट ल्याउनुपर्छः सांसद साउद

समाचार सारांश
- सांसद नारायणप्रकाश साउदले बजेट निर्माण गर्दा सीमान्तकृत वर्गसम्म विकासको प्रतिफल पुर्याउन आग्रह गरे।
- प्रतिनिधि सभा बैठकमा बोल्दै उनले बजेटमा असन्तुलित विकास र प्रभावशाली व्यक्तिको चलखेलबारे प्रश्न उठाए।
- साउदले विगतका बजेटले सुदूरपश्चिम, कर्णाली र मधेस प्रदेशको विकासलाई उपेक्षा गरेको आरोप लगाए।
काठमाडौँ । नेपाली कांग्रेसका सांसद नारायणप्रकाश साउदले विकासको प्रतिफल सीमान्तकृत वर्गसम्म पुग्नेगरी बजेटको निर्माण गर्न सरकारसँग आग्रह गरेका छन् ।
आइतवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले हरेक वर्ष बजेट आउने गरेको र यस वर्ष पनि बजेटको पूर्वसन्ध्यामा रहेको बताए ।
उनले नेपालमा असन्तुलित विकास र प्रभावशालीहरुले बजेटमा हाली मुहाली गर्ने कुरामा लामो समयदेखि विवाद हुँदै आएको भन्दै शहर र गाउँ, सुगम र दुर्गम, भूगोल र जनसंख्या तथा सशक्त आवाज भएका अभिजात्य वर्ग र आवाजबिहनीहरुको हितको अन्तरबिरोधलाई अनुभवी अर्थमन्त्रीले संयोजन र सम्बोधन कसरी गर्नुहुन्छ ? भन्दै प्रश्न गरे ।
सांसद साउदले विकासको सूचकाङ्कले गाउँ बस्ती पछाडि पारेको, दुर्गम बस्ती उजाड हुँदै गएको र देशका पछाडि परेका सुदूरपश्चिम र कर्णाली र मधेस प्रदेश विकासमा उपेक्षित हुँदै गएको कुरा विगतका बजेटहरुले देखाएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
‘म्यान अफ द वर्ल्ड २०२५’ मा नेपालको प्रतिनिधित्व गर्दै आयुष दुलाल
-
जनमत पार्टीका कोषाध्यक्ष रिहा
-
यी हुन् बागमतीका मेयर र उपमेयरविरूद्ध अख्तियारले लगाएका आरोपहरू
-
उत्कृष्ट सुरूवात बावजुद राजस्थान पराजित, पञ्जाबको सम्भावना कायमै
-
राइड सेयरिङ नियमावली जारी गरिएपछि राइडर्समा उत्साह