शुक्रबार, ०६ असार २०८२
ताजा लोकप्रिय

'सहकारी ठगीमा संलग्नलाई ६ महिनाभित्र बचत रकम फिर्ता गर्ने प्रतिबद्धता गराएर जेलमुक्त गरौँ'

आइतबार, ०४ जेठ २०८२, १२ : ३७
आइतबार, ०४ जेठ २०८२

समाचार सारांश

  • एमाले सांसद भीमप्रसाद आचार्यले सहकारी ठगीमा संलग्नलाई ६ महिनाभित्र रकम फिर्ता गर्ने प्रतिबद्धता गराएर जेलमुक्त गर्नुपर्ने प्रस्ताव गरे।
  • उनले ६ महिनाभित्र रकम फिर्ता नगरे कडा कारबाहीको व्यवस्था हुनुपर्ने र सहकारीको समस्या समाधानका लागि नीतिगत पुनरावलोकन आवश्यक रहेको बताए।
  • सांसद आचार्यले सहकारी ठगीमा संलग्नलाई थुनेर मात्र समस्या समाधान नहुने र आगामी बजेटमा स्पष्ट नीति लिनुपर्ने बताए।

काठमाडौँ । नेकपा (एमाले) का सांसद भीमप्रसाद आचार्यले सहकारी ठगीमा संलग्नलाई ६ महिनाभित्र पीडितको रकम फिर्ता गर्ने लिखित प्रतिबद्धता गराएर जेलमुक्त गर्ने प्रस्ताव राखेका छन् । 

प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद आचार्यले यस्तो प्रस्ताव गरेका हुन् । उनले ६ महिनाभित्र सबै पीडितको रकम फिर्ता गर्ने कबोल गरेको खण्डमा जेलमुक्त गर्ने र तोकिएको समयभित्र बचत फिर्ता नगरे कडा कारबाही गर्ने कानुनी व्यवस्था गर्नुपर्ने बताए । सांसद आचार्यले सहकारीको समस्या अहिले देशको आर्थिक स्थायित्वमा ठुलो चुनौती बनेको उल्लेख गर्दै नीतिगत र कानुनी पुनरावलोकन गर्न आवश्यक रहेको बताए ।

 सहकारी ठगीमा संलग्नहरूलाई थुनेर मात्र सहकारीका समस्या समाधान गर्न नसकिने उनको भनाइ छ । 

सहकारीका समस्या समाधान गर्न अगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले स्पष्ट नीति लिनुपर्ने उनको भनाइ छ । —न्युज एजेन्सी नेपाल

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप