‘न्यायपालिकामाथि विश्वासको वातावरण नभएको गुनासो आउन थाल्यो’
सारांश
- सांसद सोविता गौतमले न्यायपालिकामाथि विश्वासको वातावरण नभएको गुनासो आएको बताइन्।
- उनले अदालतले कानुनको प्रक्रिया मिच्न थालेको र यो संविधानको मूल आत्मामाथि चोट हो भनिन्।
- गौतमले अदालतमा अनौठो र गैरसंवैधानिक परिदृष्य देखिएको र कैदीलाई जानकारी नदिइ पेसी तोकिएको बताइन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले न्यायपालिकामाथि विश्वासको वातावरण नभएको गुनासो जनताले गरिरहेका बताएकी छन् ।
प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद गौतमले न्यायपालिकामाथि विश्वासको वातावरण नभएको गुनासो आउनु गम्भीर विषय भएको बताइन् ।
उनले कानुनको प्रक्रिया अदालतले मिच्न थालेको विषय संवेदनशील भएको बताइन् । ‘कानुनको प्रक्रिया अदालतले मिच्न थालेको विषय निकै संवेदनशील छ । यो संविधानको मूल आत्मामाथि पुर्याएको चोट हो,’ सांसद गौतमले भनिन्, ‘विधिको शासन सबैले मान्नु पर्ने हुन्छ । न्याय प्रक्रियाको सही पालना बिना निष्पक्ष न्याय असम्भव छ ।’
गौतमले अदालतमा अनौठो र गैरसंवैधानिक परिदृष्य देखिन थालेको बताइन् । अदालतले कैदीलाई जानकारी नै नदिइ पेसी तोक्नुले जटिल प्रश्न उब्जिएको उनको भनाइ छ ।
सूचना दिएर मात्रै पेसी राख्ने प्रक्रिया अदालतले मिच्न थालेको उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण