रुसले एलन मस्कलाई ड्रग्समा फसाएर ब्ल्याकमेल गर्न खोजेको थियो ?
वाशिङटन डीसी । रुसी गुप्तचर निकायले अमेरिकी खर्बपति व्यवसायी एलन मस्कलाई यौन र लागूपदार्थको पासोमा फसाएर ब्ल्याकमेल गर्ने प्रयास गरेको दाबी अमेरिकी संघीय अनुसन्धान ब्यूरो (एफबीआई)का एक पूर्व एजेन्टले गरेका छन् । मस्क अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको घनिष्ठ सहयोगी हुन् । जर्मन टिभी च्यानल जेडीएफमा एउटा वृत्तचित्रमा पूर्व गुप्तचर एजेन्ट जोनाथन बूमाले यो दाबी गरेका हुन् ।
युक्रेन युद्ध सुरु भएपछि रुसी जासुसहरूले मस्क र पेपलका सह–संस्थापक पिटर थिएलको निगरानी गर्न थालेको बूमाले बताए । आवश्यक परेमा उनीहरू विरुद्ध प्रयोग गर्न सकियोस् भनेर उनीहरूले गोप्य जानकारी सङ्कलन गरेको भनिएको छ ।
व्यभिचारी महिला र खासगरी केटामाइन नामक लागूपदार्थप्रतिको मस्कको झुकावलाई रुसी गुप्तचर एजेन्सीले हतियारको रुपमा प्रयोग गर्न खोजेका थिए । बर्निङ म्यान फेस्टिभल, अश्लील मनोरञ्जन र जुवाप्रति मस्कको शौकले मस्कलाई अझ कमजोर बनाउथ्यो । त्यसैले उनी सजिलै जासुसीको पासोमा पर्न सक्ने थिए ।
बूमाले १६ वर्षसम्म एफबीआईमा काम गरे । तर मार्चमा प्रकाशन गृहलाई गोप्य जानकारी चुहावट गरेको आरोपमा उनलाई पक्राउ गरियो । उनीमाथि गोप्य जानकारी खुलासा गरेको आरोप लगाइएको थियो । १ लाख डलर जमानत तिरेर उनी रिहा भएका थिए ।
बुमाका अनुसार, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई सम्पूर्ण अपरेशनबारे थाहा थियो । पुटिनको स्वीकृति बिना जासुसहरू यस मिसनमा संलग्न नभएको उनको दाबी छ । तर उनले आफ्नो दाबीको स्रोत खुलासा भने गरेका छैनन् ।
मस्क र पुटिनबिच सम्पर्क भएको खबर २०२२ मा वाल स्ट्रिट जर्नलले पनि दिएको थियो । यो सम्पर्कले रुसले प्रभावशाली अमेरिकी व्यापारीमाथि नियन्त्रण चाहेको हो कि भन्ने प्रश्न उठाएको थियो । पछिल्लो समय अमेरिकामा मस्कको लोकप्रियता घटेको छ ।
ट्रम्प प्रशासनको प्रशासनीक दक्षता विभागको कार्यभर सम्हालेर मस्कले धमाधम संघीय कर्मचारी र खर्च कटौती गर्न थालेपछि यसको चपेटामा टेस्लालगायत उनका कम्पनी परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण