मिर्गौला रोगीले प्रत्यारोपणका लागि मिर्गौला पाएनन् : गौतम
सारांश
- सांसद प्रतिमा गौतमले मिर्गौला रोगबाट पीडित बिरामीहरू अङ्ग प्रत्यारोपणका लागि आवश्यक मिर्गौला नपाएर मृत्युवरण गर्न बाध्य भएको बताइन्।
- अन्तिम चरणको मिर्गौला रोग लागेका करिब ८ हजार बिरामी अङ्गदाताको पर्खाइमा रहेको र ९० प्रतिशत बिरामी अङ्गदाता नपाएर ज्यान गुमाउन बाध्य छन्।
- सांसद गौतमले मिर्गौला रोगीको जीवनस्तर सुधार्न र डायलासिसमा भइरहेको सरकारी खर्च कम गर्न प्रत्यारोपण नै उपयुक्त विकल्प भएको बताइन्, साथै नियमावली कार्यान्वयनको माग गरिन्।
काठमाडौँ । नेपाली कांग्रेसकी सांसद् प्रतिमा गौतमले मिर्गौला रोगबाट पीडित बिरामीहरू अङ्ग प्रत्यारोपणका लागि आवश्यक मिर्गौला नपाएर मृत्युवरण गर्न बाध्य भइरहेको बताएकी छन् । प्रतिनिधिसभाको बैठकमा सांसद गौतमले देशभर अन्तिम चरणको मिर्गौला रोग लागेका करिब ८ हजार बिरामी अङ्गदाताको पर्खाइमा रहेको बताइन् ।
उनले मिर्गौला रोगको अन्तिम चरणमा पुगेका र प्रत्यारोपणको प्रतीक्षामा रहेका ९० प्रतिशत बिरामी अङ्गदाता नपाएर ज्यान गुमाइरहेका र १० प्रतिशत बिरामीले मात्र प्रत्यारोपणका लागि अङ्ग पाएका बताइन् ।
मिर्गौला पीडित बिरामीलाई लक्षित गरी सरकारले ‘मानव शरीरको अङ्ग प्रत्यारोपणसम्बन्धी नियमावली, २०७३’ ल्याए पनि त्यो नियमावली, अहिलेसम्म पूर्ण कार्यान्वयन हुन नसक्दा समस्या देखिएको भन्दै यथाशीघ्र कार्यान्वयनको माग गरिन् ।
हरेक वर्ष डायलासिसमा मात्र सरकारले वार्षिक करिब डेढ अर्ब रुपैयाँ खर्च गरिरहेको तथ्य प्रस्तुत गर्दै सांसद गौतमले मिर्गौला रोगीको जीवनस्तर सुधार्न र डायलासिसमा भइरहेको सरकारी खर्च कम गर्न प्रत्यारोपण नै उपयुक्त विकल्प भएको बताइन् ।
अङ्ग प्रत्यारोपणसँग सम्बन्धित कानुनी र नीतिगत प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्दै मस्तिष्क मृत्यु कार्यक्रमको प्रभावकारितालाई छिटो छरितो दिगो बनाउन उनले आग्रह गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण