आइतबार, ०४ जेठ २०८२
ताजा लोकप्रिय

मिर्गौला रोगीले प्रत्यारोपणका लागि मिर्गौला पाएनन् : गौतम

आइतबार, ०४ जेठ २०८२, १२ : २०
आइतबार, ०४ जेठ २०८२

समाचार सारांश

  • सांसद प्रतिमा गौतमले मिर्गौला रोगबाट पीडित बिरामीहरू अङ्ग प्रत्यारोपणका लागि आवश्यक मिर्गौला नपाएर मृत्युवरण गर्न बाध्य भएको बताइन्।
  • अन्तिम चरणको मिर्गौला रोग लागेका करिब ८ हजार बिरामी अङ्गदाताको पर्खाइमा रहेको र ९० प्रतिशत बिरामी अङ्गदाता नपाएर ज्यान गुमाउन बाध्य छन्।
  • सांसद गौतमले मिर्गौला रोगीको जीवनस्तर सुधार्न र डायलासिसमा भइरहेको सरकारी खर्च कम गर्न प्रत्यारोपण नै उपयुक्त विकल्प भएको बताइन्, साथै नियमावली कार्यान्वयनको माग गरिन्।

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद् प्रतिमा गौतमले मिर्गौला रोगबाट पीडित बिरामीहरू अङ्ग प्रत्यारोपणका लागि आवश्यक मिर्गौला नपाएर मृत्युवरण गर्न बाध्य भइरहेको बताएकी छन् । प्रतिनिधिसभाको बैठकमा सांसद गौतमले देशभर अन्तिम चरणको मिर्गौला रोग लागेका करिब ८ हजार बिरामी अङ्गदाताको पर्खाइमा रहेको बताइन् । 

उनले मिर्गौला रोगको अन्तिम चरणमा पुगेका र प्रत्यारोपणको प्रतीक्षामा रहेका ९० प्रतिशत बिरामी अङ्गदाता नपाएर ज्यान गुमाइरहेका र १० प्रतिशत बिरामीले मात्र प्रत्यारोपणका लागि अङ्ग पाएका बताइन् । 

मिर्गौला पीडित  बिरामीलाई लक्षित गरी सरकारले ‘मानव शरीरको अङ्ग प्रत्यारोपणसम्बन्धी नियमावली, २०७३’ ल्याए पनि त्यो नियमावली, अहिलेसम्म पूर्ण कार्यान्वयन हुन नसक्दा समस्या देखिएको भन्दै यथाशीघ्र कार्यान्वयनको माग गरिन् । 

हरेक वर्ष डायलासिसमा मात्र सरकारले वार्षिक करिब डेढ अर्ब रुपैयाँ खर्च गरिरहेको तथ्य प्रस्तुत गर्दै सांसद गौतमले मिर्गौला रोगीको जीवनस्तर सुधार्न र डायलासिसमा भइरहेको सरकारी खर्च कम गर्न प्रत्यारोपण नै उपयुक्त विकल्प भएको बताइन् । 

अङ्ग प्रत्यारोपणसँग सम्बन्धित कानुनी र नीतिगत प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्दै मस्तिष्क मृत्यु कार्यक्रमको प्रभावकारितालाई छिटो छरितो दिगो बनाउन उनले आग्रह गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप