कर्णालीमा माओवादीको दाबी : गठबन्धन सापेक्षिक रुपमा सफल, जुम्लामा पूर्ण रुपमा असफल

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश कमिटीले आम निर्वाचन ०७९ को समीक्षा गरेको छ । माओवादीले कर्णालीमा गठबन्धन पूर्ण रुपमा सफल नभएको समीक्षा गरेको छ । माओवादीले कर्णालीमा प्रतिनिधिसभा तर्फ ५ र प्रदेशसभातर्फ १० निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको थियो ।
प्रदेशभरको प्रत्यक्ष तर्फको प्रतिनिधिसभा तर्फ ४ र प्रदेशसभा तर्फ ९ निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ । गठबन्धन सम्बद्ध दल नेपाली कांग्रेसले प्रतिनिधिसभा तर्फ ४ र प्रदेशसभा तर्फ ९ क्षेत्रमा, नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभा तर्फबाट ३ क्षेत्रमा विजय हासिल गरेको छ ।
यसरी हेर्दा गठबन्धन सम्बद्ध दलहरूको तर्फबाट कर्णाली प्रदेशको प्रतिनिधिसभा तर्फको कूल ११ निर्वाचन क्षेत्र र प्रदेशसभा तर्फको कूल २४ निर्वाचन क्षेत्र मध्ये १८ निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ । माओवादीका प्रदेश अध्यक्ष विमला केसीले जुम्लामा गठबन्धन पूर्ण रुपमा असफल भएको बताइन् ।
यस्तै दैलेख २ (ख) सुर्खेत २ (क), डोल्पा १(क) मुगु १ (क) मा गठबन्धन दल मित्रको आन्तरिक गडबडी र समस्याका कारण पराजित हुनु परेको उनको भनाई छ । केसीले भनिन, ‘विजय र पराजयको यथार्थ वस्तुनिष्ट समीक्षा हुने नै छ । संविधानको रक्षा, स्थायित्व र समृद्धिको लागि गरिएको गठबन्धन केही सीमा समस्या र केही निर्वाचन क्षेत्रको पराजयको तीतो अनुभूतिको बीचमा पनि अन्य प्रदेशहरूको तुलनामा हाम्रो कर्णालीमा सापेक्षित रुपमा सफल भएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियन भूमिमा खेलिएको टेस्टमा तेहरो शतक बनाउने पहिलो ब्याट्सम्यानको निधन
-
‘ऊनको स्वीटर’ को ओपनिङ कस्तो ?
-
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पनि पारित
-
राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधनको प्रक्रिया अघि बढ्छ : प्रधानमन्त्री ओली
-
नीति तथा कार्यक्रमबारे ओली : निशानामा तीन पक्ष, नयाँ कार्यक्रमबारे प्रस्ट्याउने प्रयास
-
जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबिच एकता प्रक्रिया अनिश्चित