बजेटको सिद्धान्त र प्राथमिकता संसदमा पेस
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संसदमा पेस गरेको छ । आइतबार प्रतिनिधिसभा बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा माथि छलफल गर्ने प्रस्ताव पेस गरेका हुन् ।
उनले संसदले पारित गरेको नीति तथा कार्यक्रम अनुरुप सिद्धान्तहरुका आधारमा बजेट आउने बताए । उनले मौलिक हक तथा राज्यका निर्देशक सिद्धान्तको कार्यान्वयन, सवल अर्थतन्त्र निर्माण गर्ने,उत्पादनमुखी विकासको ढाँचा अबलम्वन गर्ने, उद्यमशिलता र उत्पादकत्व अभिवृद्धि गर्ननविनतम प्रवृतिको प्रयोगलाई प्रवद्र्धन गरिने बताए ।
उनले अर्थतन्त्रका उदयमान क्षेत्रलाई प्रोत्साहन गरिने, निजी क्षेत्र मैत्री, प्रतिस्पर्धी र आत्मनिभर अर्थतन्त्र निर्माणमा जोड दिने बताए । अर्थमन्त्री पौडेलले समाजवाद उन्मुख अर्थतन्त्रको आधारशीला तयार बनाउने बताए ।
उनले सन्तुलित र समावेश विकासका लागि संघ प्रदेश र स्थानीय तह तथा साझेदारी, निजी, सहकारी र समुदायबिचको सहकार्यलाई समन्वय र सुदृढ बनाइने बताए । उनले संविधानमा उल्लेखित संघ, प्रदेश र स्थानीय तहको अधिकारको सूचीलाई बजेट कार्यान्वयनको मुख्य आधार बनाइने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण