डोल्पामा पहिलोपटक जटिल शल्यक्रिया
डोल्पा अस्पतालमा जटिल खालको शल्यक्रिया भएको छ । आर्थिक रुपमा विपन्न रुकुम पश्चिम आठबीसकोट–४ घर भई डोल्पा सदरमुकाममा दुई वर्षदेखि मजदूरी गर्दै आएकी कमला विकको सफल शल्यक्र्रिया गरिएको हो ।
पाठेघरको नलीमा बच्चा बसी, नली फुटेर पेटभित्र रगत जमेपछि उक्त समस्याको लागि डोल्पामै पहिलो पटक शल्यक्रिया गरिएको डा.अखण्ड उपाध्ययले बताए ।
यस्तो खालको शल्यक्रिया तत्काल नगरे आमाको ज्यान जोखिममा पर्ने सम्भावना बढी हुने डा.उपाध्ययको भनाइ छ । ‘एक्सप्लोरेट्रि ल्याप्सटोमि’ को शल्यक्र्रिया डोल्पामा पहिलो पटक भएको उनको भनाइ छ । डाक्टर उपाध्ययले भने, “पेट खोलेर पाठेघर भन्दा बाहिर पाठेघरको नली फुटेको पत्ता लगाइ, त्यो फुटेको भाग मिलाएर पेटमा जम्मा भएको रगत सफा गर्ने कामलाई एक्सप्लोरेट्रि ल्यापारोटोमी भन्ने गरिन्छ ।”
बिरामीलाई समयमा जिल्ला बाहिर सिफारिस गरेमा पनि तत्काल सुविधा सम्पन्न अस्पतालमा पुर्याउन मुस्किल हुँदै आएको छ । जुफाल विमानस्थलमा जहाज नियमित नआउने भएकाले पनि बिरामीले भनेको समयमा उपचार पाउन पाउँदैनन् । रगतको अभावमा जिल्लास्थित सुरक्षाकर्मीको सहयोगमा रगत दिने काम हुँदै आएको डा.उपाध्यायले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा उपलब्धिबिनाका बग्रेल्ती भेटघाट, विवाद जहाँको त्यहीँ
-
ब्राजिल भर्सेस नर्वे : अन्तिम १६ मा भिनिसियस र हालान्डको भिडन्त
-
डोल्पाको बाढीमा परेर गम्भीर घाइते भएका विकलाई हेलिकप्टरबाट सुर्खेत ल्याइयो
-
ई–पेन्सनमा कर्मचारीहरूको आकर्षण, अहिलेसम्म ५१७ जनाले दिए आवेदन
-
लगातार ३४ खेलमा अपराजित मोरक्को : किन मानिन्छ विश्वकपको बलियो दाबेदार ?
-
आगामी मौद्रिक नीति अर्थतन्त्रलाई स्थिर बनाउने गरी आउनुपर्छ : पूर्वगभर्नर क्षेत्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण