चन्द्रागिरि रिसोर्टमा आजै प्रेमीका करिस्मासँग लगनगाँठो कस्दै सलोन
सोमबार, १२ मङ्सिर २०७९, ०८ : २६
अभिनेता सलोन बस्नेत आज (सोमबार) प्रेमिका करिश्मा केसीसँग वैवाहिक जीवनमा बाँधिदैछन् । तीन बर्षदेखिको प्रेम सम्बन्ध उनले विवाहमा परिणत गर्न लागेका हुन् । सलोनको विवाह समारोह चन्द्रागिरि रिसोर्टमा आयोजना गरिएको छ ।
महिला समूहको नौमती बाजासहित जन्ती लिएर उनी बेहुली लिन रिसोर्ट पुग्दैछन् । जन्तीमा उनका पारिवारिक सदस्य, आफन्त र साथीभाइका फिल्मकर्मी सहभागी हुँदै छन् । आकर्षक पहिरनमा सजिएर उनी डोलीमा रिसोर्टमा पुग्नेछन् ।
बिहेअघि यो प्रेम जोडीको शनिबार पाताले वन रिसोर्टमा मेहेन्दी समारोह आयोजना भएको थियो । समारोहमा कलाकार तथा उनका आफन्तको उपस्थिति रहेको थियो । सलोनको विवाह भोज भने १४ गते बुधबार राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अविरल वर्षाका कारण आधा दर्जनभन्दा बढी राजमार्ग अवरुद्ध
-
शुक्लाफाँटामा रास्वपाको ‘जनसंवाद यात्रा’
-
गोल्डेन बुटको रोमाञ्चक दौड : एमबाप्पे बने सर्वाधिक गोलकर्ता, मेसीलाई अझै अवसर
-
जोखिमको अवस्था हेरेर मात्रै सवारीसाधन चलाउन दिइने
-
आवश्यक परे निजी क्षेत्रसँग सहयोगको आग्रह गरिने
-
आज यी चार प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण