‘हात्तीछाप’ मा देखिएलान् त दयाहाङ र सौगात ?
फिल्म ‘हात्तीछाप’ निर्माण हुने भएको छ । यस अगाडि ‘पोई पर्यो काले’ र ‘२ नम्बरी’ निर्माण गरेका निर्माण किरण नेपालीले यो फिल्म बनाउने भएका हुन् । केही अगाडि अर्काे एक फिल्म ‘पोई पर्यो बुढो’ बनाउने घोषणा गरेका निर्माता नेपालीले अहिले यो फिल्मलाई थाती राखेर ‘हात्तीछाप’ बनाउन लागेका हुन् ।
फिल्म लेखन कार्यको अन्तिम चरणमा छ । अगामी चैत्रमा छायांकन सुरु हुने बताइएको फिल्ममा नाम चलेका कलाकार रहने निर्माता नेपालीले बताए । नेपालीले यसअगाडि बनाएको फिल्म ‘२ नम्बरी’ मा दयाहाङ राई र सौगात मल्ल हिरोको रुपमा रहेका थिए । यो फिल्ममा दयाहाङ र सौगातको सम्भावना कति ? ‘लेखन सकिएपछि मात्र कलाकार को हुने भनेर भन्न सकिन्छ’ निर्माता किरणले भने, ‘दयाहाङ र सौगात दोहोरीने सम्भावना धेरै छ ।’
फिल्मलाई प्रदीप भारद्धाजले लेखिरहेका छन् । रेडबर्ड प्रोडक्शनको प्रस्तुतिमा निर्माण हुने लागेको फिल्मले सामाजिक कथावस्तु विषयमा उठाउनेछ । ‘हात्तीछाप’ लाई सस्पेन्स, थ्रिलर र कमेडी जनरामा निर्माण गरिनेछ । किरणका अघिल्ला दुई फिल्म ‘पोई पर्यो काले’ र ‘२ नम्बरी’ को निर्माणमा कास्की प्रदेशका पूर्व युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) समेत निर्माताको रुपमा थिए । ‘हात्तीछाप’ मा पनि राजिव निर्माताको रुपमा जोडिन सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अविरल वर्षाका कारण आधा दर्जनभन्दा बढी राजमार्ग अवरुद्ध
-
शुक्लाफाँटामा रास्वपाको ‘जनसंवाद यात्रा’
-
गोल्डेन बुटको रोमाञ्चक दौड : एमबाप्पे बने सर्वाधिक गोलकर्ता, मेसीलाई अझै अवसर
-
जोखिमको अवस्था हेरेर मात्रै सवारीसाधन चलाउन दिइने
-
आवश्यक परे निजी क्षेत्रसँग सहयोगको आग्रह गरिने
-
आज यी चार प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण