जुम्लामा ९ हजारभन्दा बढी मत बदर
यही मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष निर्वाचनमा जुम्लामा ९ हजार ६ सय ४४ मत बदर भएको छ। जसमध्ये प्रतिनिधिसभा तर्फ २ हजार ४ सय ७८, प्रदेशसभा (क) तर्फ १ हजार ८२, प्रदेशसभा (ख) ६ सय ९८ र प्रदेशसभा समानुपातिक तर्फ २ हजार ९ सय ३७, प्रतिनिधिसभा समानुपातिक तर्फ २ हजार ४ सय ४९ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ ।
प्रतिनिधिसभामा ४५ हजार २ सय ८४ मत खसेको थियो भने प्रदेश (क) मा २४ हजार ६ सय ६५ र प्रदेशसभा (ख) मा २० हजार ६ सय ७, प्रदेशसभा समानुपातिकतर्फ ४५ हजार ७ सय १३ र प्रतिनिधिसभा समानुपातिक तर्फ ४५ हजार ६ सय १० मत खसेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले बताए । जिल्लाभर कुल ६८ हजार ६ सय ३८ मतदाता थिए । मत बदर हुनुमा मतदाता शिक्षा नपाउनुलाई मुख्य कारण औंल्याइएको छ ।
मतदाता शिक्षा दिने नाममा निर्वाचन आयोगले निर्णय मात्रै गरेको तर कार्यान्वयनमा ध्यान नदिएकाले धेरै मत बदर भएको स्थानीय बताउँछन् । गाउँमा मतदाता शिक्षा पुगेकै छैन । निर्वाचन गराउन मतदान केन्द्रमा खटिने कर्मचारीले नबुझाइदिँदा पनि बदरको दर धेरै रहेको स्थानीय भैरव रावतले बताए । ‘कर्मचारीहरूले मतदाताले मत दिएको चुनाव चिह्न हेर्न त मिल्दैन तर नजान्नेलाई एउटा मतपत्रमा एउटा मात्र छाप लगाउनुपर्नेछ जस्ता सामान्य ज्ञान दिन भने सकिन्छ’ उनले भने– ‘हाम्रो क्षेत्रमा यस्तै अलमलमा परेका मतदाताको मत बदर हुन पुगेको हो । मत बदर हुनुको अर्को कारण अशिक्षा पनि हो । कतिपय ठाउँमा दलकै कार्यकर्ताले पनि चाहिनेभन्दा बढी ठाउँमा स्वस्तिक छाप लाउन सिकाएको पाइएको उनको भनाइ छ ।’
जिल्ला निर्वाचन कार्यालयले भने बदर मत संख्या न्यून गर्न जुम्लाका ८ वटै स्थानीय तहमा नमुना मतदान गरी मतदाता शिक्षा अभियान चलाएको जनाएको छ । धेरैजसो मतदाता साक्षर नरहेकाले घरदैलो गर्दा दलका नेता–कार्यकर्ताले पनि मतदाता शिक्षा दिन जरुरी रहेको निर्वाचन कार्यालय जुम्लाका प्रमुख महेश शर्मा बताउँछन्।
‘हामीले मतदाता शिक्षा दिन सक्दो प्रयास गरेकै हौं, ठूलो क्षेत्र र कम जनशक्ति भएकाले दलहरूले पनि मतदातालाई जागरुक बनाउन कोसिस गर्नुपर्थ्यो’ उनले भन्ने
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दैलेख पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा
-
प्रलोपाले भन्यो– सरकार अधिनायकवादतर्फ उन्मुख
-
मौद्रिक नीति कसिलो बनाउनुपर्ने कुनै कारण छैन : पूर्वगभर्नर अधिकारी
-
प्रतिपक्षको बहिष्कारपछि लुम्बिनी प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित
-
विकेश साहको अध्यक्षतामा कमन जेनजी नेपालको केन्द्रीय कमिटी पुनर्गठन (सूचीसहित)
-
अर्थमन्त्रीका १०० दिन : प्राविधिक र नियमित काम नै उपलब्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण