मापसे गरी भाडाको टाटा सुमो चलाउने चालकलाई अभद्र व्यवहारमा मुद्दा

काठमाडौंको फर्पिङबाट हिजो पक्राउ परेका सुमो चालकलाई आज अभद्र व्यवहार मुद्धा चलाइएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टका अनुसार मदिरा सेवन गरि ना १ ज ८४ ६९ नम्बरको भाडाको टाटा सुमो चलाउँदै गरेका चालक काभ्रेपलाञ्चोकको पनौती घर भएका ४४ वर्षीय नवराज के.सी.लाई हिजो ट्राफिक प्रहरीले काठमाडौँको फर्पिङबाट नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी प्रहरी वृत कीर्तिपुरमा बुझाएको थियो ।
पक्राउ परेका के.सी.माथि अभद्र व्यवहार मुद्धामा दिन ५ (पाँच) म्याद थप गरी आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरी वृत्त कीर्तिपुरले जानकारी दिएको छ । यस्तै, काठमाडौंको बौद्ध दक्षिणढोकाबाट हिजो सवारी चालक अनुमती पत्रको लिखित परीक्षामा सहभागी हुन परिक्षा हल भित्र प्रवेश गर्दै गरेका एकजना नक्कली प्रशिक्षार्थीलाई पनि आवश्यक अनुसन्धानको लागि प्रहरी वृत्त बौद्धमा बुझाइएको छ । बर्दियाको सुर्यपुरा ७ घर भइ ललितपुरको हात्तीवन बस्दै आएका विक्रम थारुको नाममा लिखित परीक्षा दिने धनुषाको जनकपुर उपमहानगरपालिका १५ का २६ बर्षीय अरुण मण्डललाई नियन्त्रणमा लिएर प्रहरी वृत्त बौद्धमा बुझाइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजलासमै पानी परेपछि सुनुवाइ स्थगित
-
'एकीकृत एनआरएनएका लागि खुला संवादका पक्षमा छौँ' (निष्कर्षसहित)
-
जलवायु परिवर्तनबारे सामूहिक आवाज उठाउनुपर्छ – मन्त्री राणा
-
गृहमन्त्री रमेश लेखकलाई प्रश्न, ‘जीबी राई कहिले पक्राउ पर्छन् ?’
-
मन्त्रिपरिषद् बैठक सुरू,के गर्ला निर्णय ?
-
दोस्रो पटक म्याद थप्दा पनि टुङ्गिएन कांग्रेसको क्रियाशील सदस्यता नवीकरण