मन्त्रिपरिषद् बैठक सुरू,के गर्ला निर्णय ?
काठमाडौँ । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरू भएको छ । बुधबार साँझ प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरू भएको हो ।
बैठकले सहसचिव शोभाकान्त पौडेल सचिव बढुवा गर्न सक्ने बताइएको छ । त्यस्तै मन्त्रिपरिषद् बैठकले संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी दुई आयोगमा अध्यक्षसहितका पदाधिकारी नियुक्ति गरेर निकायलाई पूर्णता दिने स्रोतले बतायो ।
पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको सिफारिस समितिले अध्यक्ष र सदस्यको नाम टुंगो लगाएर कानुन मन्त्रालयलाई बुझाएसँगै मन्त्रिपरिषद् बैठकमार्फत निर्णय गरेर आयोग पदाधिकारी नियुक्त गरेर पूर्णता दिन लागिएको हो ।
मिश्र नेतृत्वको समितिले गत शुक्रबार बेपत्ता छानबिन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोगका दुई अध्यक्षसहित चार/चार जना सदस्यसहित १० जनाको नाम सिफारिस गरेको थियो । मन्त्रिपरिषद् बैठकमा सिफारिस नामबारे छलफल गरेर निर्णय गरिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेटौँडा कपडा उद्योग : कार्यदलले बुझायाे प्रतिवेदन, परीक्षण उत्पादनका लागि आवश्यक कार्य सुरु
-
मुग्लिङ-नारायणगढ सडक दुईतर्फी सञ्चालनमा
-
आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारको क्रममा मृत्यु
-
‘जलनले छालामात्र होइन, भित्री अङ्ग पनि बिगार्छ’
-
सालझण्डी–ढोरपाटन सडकको बुर्तिबाङ–फल्लेघर खण्ड ग्राभेल
-
बाढीले विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण