बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सर्वसाधारणलाई बोलाएर गरियो ‘के घर के डेरा : घर नम्बर २’ को प्रिमियर, तस्बिरहरू

बुधबार, ३१ वैशाख २०८२, १९ : ४२
बुधबार, ३१ वैशाख २०८२

काठमाडौँ । चलचित्र ‘के घर के डेरा : घर नम्बर २’ को प्रिमियर बुधबार सम्पन्न भएको छ । प्रिमियरमा १८० भन्दा बढी सर्वसाधारण दर्शकलाई सहभागी गराइएको थियो ।

k ghar k dera premere (1)

फिल्मको टिमले बाटो, मल र बजारमा भेटिएका सर्वसाधारणलाई फिल्म हेर्न बोलाएको हो । आम सर्वसाधारणलाई प्रिमियरमा बोलाएर फिल्म देखाउँदा साँचो प्रतिक्रिया आउने आशा निर्माण पक्षको रहेको छ ।

k ghar k dera premere (2)

 ‘के घर के डेरा : घर नं २’ शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म हो । फिल्मको अग्रिम बुकिङ खुला भएको छ । बुकिङमा फिल्मले उच्च शो पाएको छ ।

k ghar k dera premere (3)

फिल्मले देशकै ठुलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले काठमाडौँमा २५ शो र काठमाडौँ उपत्यका बाहिर २२ शो पाएको छ । क्यूएफएक्सका आउटलेटमा भने ४७ शो पाएको छ । 

k ghar k dera premere (4)

आइएनआईले आफ्ना चारवटा आउटलेटमा १५ शो दिएको छ । वान सिनेमाजले कालीमाटीको आउटलेटमा चार शो दिएको छ । एफक्यूबले ४ शो उपलब्ध गराएको छ । यो बुकिङको आधारमा घटबढ हुन सक्छ ।

k ghar k dera premere (5)

दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘के घर के डेरा : घर नं २’ले राम्रो हाइप बनाएको कारण व्यापार राम्रो गर्ने निर्माणपक्षको विश्वास छ । खगेन्द्र लामिछानेसँगै निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, सिर्जना नापित, सन्जोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय रहेको फिल्मको कथा साहित्यकार बुद्धिसागरले लेखेका हुन् । 

k ghar k dera premere (6)

एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको फिल्मको कार्यकारी निर्माता युवराज कार्की र निर्माता नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन रहेका छन् ।

k ghar k dera premere (7)k ghar k dera premere (9)k ghar k dera premere (10)k ghar k dera premere (11)k ghar k dera premere (12)

तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप