शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

मतदाता नामावली : १९ हजारभन्दा बढी मतदाता थपिँदा अन्यमा घट्यो

नेपाल कूल १ करोड ८१ लाख ४८ हजार ६५४ मतदाता
बुधबार, ३१ वैशाख २०८२, १९ : ४२
बुधबार, ३१ वैशाख २०८२

काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ बमोजिम २०८१ चैत मसान्तसम्ममा १८ वर्ष उमेर पूरा भएका नागरिकहरूको विवरणलाई आयोगको वेबसाइटमा प्रकाशित गर्ने निर्णय गरेको छ । 

सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालका अनुासर आयोगको निर्णय बमोजिम महिला मतदाता ८९,१०,८९६, पुरुष मतदाता ९२,३७,५७२, अन्य मतदाता १८६ गरी तत्काल जम्मा १,८१,४८,६५४ को अन्तिम मतदाता नामावली कायम भएको छ ।

यसअघि, मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनको लागि अनलाइन तथा निर्वाचन कार्यालय मार्फत नामावलीमा त्रुटि भएको भए सच्याउन, कुनै व्यक्तिको विरोधमा उजुरी दिनु पर्ने भए उजुरी दिन, कुनै मतदाताको एक भन्दा बढी स्थानमा नाम समावेश भएमा एक स्थानमा मात्र नाम कायम राख्न तथा मृत्यु भएका एवम् नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउने गरी सूचना प्रकाशित गरिएको थियो । 

सो बमोजिमको सम्पूर्ण प्रक्रिया पूरा भएकोले आयोगबाट अन्तिम मतदाता नामावली प्रकाशन गर्ने गरी आज निर्णय भएको प्रवक्ता पन्थीको भनाई छ । 

यसअघि २०८१ साल कात्तिक २६ मा प्रकाशित मतदाता नामावली अनुसार महिला मतदाता ८९,०३,१९७, पुरुष मतदाता ९२,२५,४४८, अन्य मतदाता १८७ गरी जम्मा १,८१,२८,८३२ मतदाताको अन्तिम मतदाता नामावली कायम भएको थियो । 

विगतमा प्रकाशित मतदाता नामावलीभन्दा हाल प्रकाशित मतदाता नामावलीमा अन्य मतदाता एक जना घटी १८६ कायम भएतापनि महिला मतदाता ७,६९९ र पुरुष मतदाता १२,१२४ थप भई जम्मा १९,८२२ जना मतदाता थप भएका छन् । 

सम्बन्धित व्यक्तिले आफ्नो मतदाता नामावली हेर्न सकिने गरी मतदाता नामावली आयोगको वेवसाइट www.election.gov.np मा प्रकाशन गरिएको छ । 

साथै मतदाता नामावलीमा नाम नभएका र नागरिकता प्राप्त गरेका व्यक्तिले मतदाता नामावलीमा नयाँ नाम दर्ता गर्ने तथा मतदाता नामावलीमा नाम भएका मतदाताले आफ्नो विवरण अद्यावधिक गर्नुपर्ने भएमा अनलाइन तथा सम्बन्धित निर्वाचन कार्यालय मार्फत निरन्तर रूपमा गर्न सकिने आयोगको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप