सुनुवाइ पूरा नहुँदा नियुक्ति अलपत्र
संसदीय सुनुवाइ प्रक्रिया पूरा नगरी नियुक्तिको प्रक्रिया अघि बढाउन मिल्ने वा नमिल्ने विवादले सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशको नियुक्ति अलपत्र परेको छ ।
करिब तीन महिनाअघि नै सिफारिस भए पनि सुनुवाइ प्रक्रिया पूरा नभएकाले नियुक्ति गर्ने वा नगर्ने विवाद छ । संसदीय सुनुवाइको प्रक्रिया सुरु भएपछि प्रतिनिधि सभाको कार्यकाल सकिएकाले प्रक्रियाले पूर्णता पाएको थिएन ।
न्यायपरिषद्ले गत भदौ २२ गते नीता गौतम दीक्षित, विनोद शर्मा र डीएन पराजुलीलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको थियो । सिफारिसकै अवस्थामा उच्च अदालत तुल्सीपुरकी मुख्य न्यायाधीश नीता गौतम दीक्षित भने अवकाशको मुखमा पुगेका छन् ।
संसदीय सुनुवाइको प्रक्रिया पूरा नहुँदा हालको पदबाट उनले अवकाश पाउन लागेका हुन् । दीक्षित मङ्सिर १८ गते उच्च अदालतबाट उमेर हदका कारण अवकाश पाउँदै छन् । अहिलेकै अवस्थामा सुनुवाइको प्रक्रिया पूरा हुने अवस्था छैन ।
न्यायपरिषद्का प्रवक्ता मानबहादुर कार्कीले परिषद्ले संसदीय सुनुवाइका लागि पत्राचार गरे पनि त्यसपछिका कुनै प्रक्रिया अघि नबढाएको बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् नेपाल मेडिकल काउन्सिलको अध्यक्ष र रजिस्ट्रारका २४ उम्मेदवार
-
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी
-
रास्वपाकाे केन्द्रीय सदस्यबाट नाम हटाइएपछि के भने सोम शर्माले ?
-
सवारीसाधनको कालो सिसा हटाउन ७ वटै प्रदेशमा सर्कुलर
-
सुस्तावासीको पीडा, ‘देशका लागि गोली खायौँ, नागरिकता पाएनौँ’
-
बजेट विवादः बागमतीमा कांग्रेसभित्र किचलो, काठमाडौँमा लामा समूहको छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण