केन्द्रमा ‘थ्रेसहोल्ड’ कटाउन संघर्षरत एकीकृत समाजवादीले प्रदेशसभामा पायो ७४ हजार बढी भोट
बिहीबार, १५ मङ्सिर २०७९, १० : ५०
केन्द्रमा ३ प्रतिशतको थ्रेसहोल्ड कटाउन संघर्षरत नेकपा एकीकृत समाजवादी पार्टी प्रदेशसभातर्फ भने बढी पात पाएको तथ्यांकले देखाएको छ । सातै प्रदेशको प्रदेशसभातर्फ एकीकृत समाजवादी पार्टीले ३ लाख ६६ हजार ८८९ मत पाएको छ ।
तर, प्रतिनिधिसभाको समानुपातिकतर्फ भने सो पार्टीले २ लाख ९२ हजार ५९८ मत पाएको छ । यो हिसाबले हालसम्मको मतगणनामा एकीकृत समाजवादी पार्टीले प्रतिनिधिसभातर्फ ७४ हजार २९१ कम मत पाएको छ ।
निर्वाचन आयोगका अनुसार सो पार्टीले प्रदेश १ को प्रदेशसभामाको समानुपातिकतर्फ ५४ हजार ८३१ मत पाएको छ । यस्तै मधेसमा १ लाख १३ हजार ५५८, बागमतीमा ६३ हजार ५११, गण्डकीमा १४ हजार ७०३, लुम्बिनीमा ४२ हजार ६२१, कर्णालीमा ३५ हजार ८२६ र सुदूरपश्चिममा ४१ हजार ८३९ मत पाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
-
एआईले सिर्जनाको गति दिन सक्छ, तर आत्मा कलाकारले नै दिनेछ : शिव परियार
-
नर्भिक अस्पतालमा नसाबाट उत्पन्न दुर्लभ ट्युमरको सफल शल्यक्रिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण