कांग्रेसकै नेतृत्वमा गठबन्धनको नयाँ सरकार बन्छ : डा. कोइराला
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले वर्तमान गठबन्धन दलले नै कांग्रेसको नेतृत्वमा संयुक्त सरकार निर्माण गर्ने बताएका छन् ।
विराटनगर–९ स्थित कोइराला निवासमा आज आयोजित पत्रकार सम्मेलनमा उनले नयाँ सरकारमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)सहित थप अन्य दल सरकारमा सहभागी हुने दाबी गरे ।
नेता डा कोइरालाले कांग्रेस संसदीय दलको नेताको सर्वसम्मति चयन अथवा निर्वाचन के गर्ने भन्ने विषयमा पार्टी सभापति र पार्टीका साथीसँग सल्लाह गरेर निर्णय गरिने जानकारी दिए । उनले मुलुकको समृद्धिका लागि सुशासन कायम गर्न र भ्रष्टाचार न्यूनीकरण गर्न अत्यन्त जरुरी रहेको बताए ।
नेता डा कोइरालाले यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन निष्पक्ष, धाँधलीरहित रुपमा सम्पन्न भएको र लोकतन्त्रको संरक्षणका लागि मतदाताले कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाएकामा धन्यवाद समेत दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण