पूर्वमेयरको प्रदेश सांसदमा ‘प्रोमोशन’ : मन्त्री बन्न योग्य छु !
दैलेख क्षेत्र नम्बर २ (क) बाट निर्वाचित कर्णाली प्रदेश सभा सदस्य (सांसद) घनश्याम भण्डारीले आफू मन्त्री बन्नका लागि योग्य भएको दाबी गरेका छन् । त्यसका लागि पार्टीको जिम्मेवारी दिनुपर्ने उनले बताए ।
शुक्रबार प्रदेश वीरेन्द्रनगरमा पत्रकारसँगको भेटघाटका क्रममा भण्डारीले सुन्दर कर्णालीलाई अब परिणाममुखी बनाउनुपर्ने तर्फ अग्रसर हुनुपर्ने बताए । कांग्रेसका युवा नेता भण्डारी यसअघि दुल्लु नगरपालिकाको मेयर थिए ।
उनले भने,‘ प्राकृतिक सौन्दर्यको स्थल कर्णाली भएपनि सम्भावनाको खोजी गरी सही सदुपयोग र विकासबाट परिणाममुखी बनाउनुपर्ने छ, पद भएपछि मात्रै काम गर्नुपर्छ भन्ने छैन । स्थानीय तहको प्रमुख हुँदै गर्दा गरेका कामले नागरिकको विश्वास जितेको हो ।’
भण्डारी कांग्रेसभित्र संस्थापन पक्षको प्रतिनिधित्व गर्छन् । उनले आफूसँग भएको ज्ञानलाई सदुपयोग गरी कर्णाली प्रदेश बनाउने अभियानमा लाग्ने दाबी गरे।
साथै भण्डारीले संघीयतालाई बलियो पार्नका लागि प्रदेश सरकारले अझै संघर्ष गर्नुपर्ने बताए । भण्डारीले केन्द्र सरकारले अधिकार सम्पन्न नगर्दा संघीय व्यवस्थामाथि नै प्रश्न उठिरहेको बताए । उनले प्रदेश सरकारद्वारा समयमा बजेट खर्च हुन नसक्दा नागरिकमा प्रदेश संरचनाप्रति वितृष्णा जागेको समेत उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्य क्षेत्रको तुलनामा बैंकको प्रतिफल न्यून छ : सीईओ ज्ञवाली
-
लामो समय विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका पीएसओहरु धमाधम फिर्ता
-
इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीको अवस्था अझै रहस्यमै
-
मौद्रिक नीतिमा निजी क्षेत्रको सुझाव : बजेटले नसमेटेका कुरा मौद्रिक नीतिले सम्बोधन गरोस्
-
नगरपालिकाको रकम हिनामिना लुकाउन मेयरले आफ्नै अपहरणको नाटक गरेपछि...
-
‘अक्षरा’ दक्षिण कोरियामा पनि प्रदर्शन हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण