लण्डनमा आयोजित फेसन अवार्डको रेड कार्पेटमा नेपाली फेसन डिजाइनर संयुक्ताको भेगन पोसाक
सस्टेनेबल फेसन डिजाइनरको रुपमा परिचित संयुक्ताले यस वर्षको फेसन अवार्डको लागि रोयल अल्बर्ट हलमा आफ्नो भेगन ब्ल्याक कचर पोशाक लगाएर रातो कार्पेटमा सबैलाई चकित पारिन् । सोमबार लण्डनमा आयोजित उक्त रेड कार्पेटमा विश्वभरका सेलिब्रेटीहरूले भाग लिएका थिए ।
ब्रिटिस फेसन अवार्ड्स एउटा यस्तो स्थान हो जहाँ फेसनको उत्सव मनाइन्छ । यतिबेला ब्रान्ड, सृजनशीलता, डिजाइनर, कलाकार र टेस्टमेकर एउटै स्थानमा आउँछन् र यस उद्योगका लागि उत्सव मनाउँछन् । यस वर्ष यो कार्यक्रमले सुपरमोडल, फेसन डिजानर र सेलिब्रिटीलाई एकै स्थानमा ल्याएको छ । स्टार स्टडेड रेड कार्पेटमा जिन पल गल्टियर, भ्यालेन्टिनोको पियर पाओलो पिचियोली, फ्लोरेन्स पग, रिटा ओरा, नाओमी क्याम्पबेल, विनी हार्लो, पोपी डेलिभिङ, एरिन ओ कोनर, एशले ग्राहम, रोजी एचडब्ल्यू, टिल्डा स्विन्टन, माया जामालगायत धेरै सेलिब्रिटीको उपस्थिति रह्यो ।
‘म फेसन अवार्ड २०२२ मा आमन्त्रित हुन पाउँदा अत्यन्तै विशेष महसुस गर्छु । म ब्रिटिश फेसन काउन्सिल र सबै सेलिब्रेटीहरूप्रति धेरै आभारी छु, जसलाई मैले फेसन अवार्डको रेड कार्पेटमा भेटेँ । मैले त्यहाँ आफूलाई धेरै नै स्वागत गरिएको पाएँ,’ अन्तर्राष्ट्रिय रुपमा चर्चित कार्यक्रममा भाग लिने पहिलो र एक्ली नेपाली मूलकी डिजानर संयुक्ताले भनिन् ।
‘ग्रिन गडेस’, ‘ग्रेटा अफ वेडिङ वर्ल्ड’ समेत भनेर चिनिने संयुक्ताका पहिरन ‘द ओस्कार’, ‘बाफ्टा’, ‘कान्स’ लगायतका बहुचर्चित कार्यक्रममा पनि प्रशंसित छन् ।










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुक्ति घोषणा भएको चार वर्ष: हरवाचरवा समुदाय पहिचानबाट वञ्चित
-
पशुपति क्षेत्रमा सरसफाइ
-
हामी फाइनल खेल्न चाहन्थ्यौँ, यो खेल कोही खेल्न चाहँदैनन्: इङ्गल्यान्डका प्रशिक्षक टुचेल
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण