समानुपातिक सांसद छान्न माओवादीलाई सकस, आज पुन: पदाधिकारी बैठक बस्दै
शनिबार, २४ मङ्सिर २०७९, ०६ : २७
समानुपातिक सांसदकाे नाम टुंगो लगाउन नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्ने भएको छ । यसअघि हिजो बसेको पदाधिकारी बैठक समानुपातिक सांसदको अन्तिम सूची नटुंग्याइकनै सकिएको थियो ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हिजाे बसेको पदाधिकारी बैठक समानुपातिक सूचीका विषयमा पुनः छलफल गर्ने गरी सकिएको थियाे । समानुपातिक सूचीका विषयमा सरोकारवाला निकाय र कानुन विद्हरुसँग छलफल गरेर आज टुंगो लगाइने सचिव लीलामणि पोखरेलले जानकारी दिए ।
माओवादीले संघमा १४ र प्रदेशमा कुल २९ सिट पाएको छ । समानुपातिक सांसदको सूची आज ४ बजेभित्र निर्वाचन आयोगमा पेस गर्नुपर्ने समय तालिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी नाकाबन्दीविरुद्ध समर्थन गर्न विश्व समुदायलाई क्युबाको अपिल
-
कलाकार शारदा गिरी ‘काली बुढी’लाई ‘दुर्गादेवी–पुण्य निरौला स्मृति पुरस्कार’ दिइने
-
अभिषेक गिरीले कसरी जोडे जताततै घरजग्गा ?
-
सुन प्रतितोला ९ सय रुपैयाँ घट्यो, चाँदी ५५ रुपैयाँ सस्तो
-
टी–२० क्रिकेटमा भारतको रनका आधारमा इतिहासकै सबैभन्दा ठुलो हार
-
फुटबल, साना देश, साँघुरो सोच र सामाजिक रूपान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण