कार्यसम्पादन समितिको बैठक निष्कर्षविहीन, पुरुष समानुपातिक सांसद छान्न देउवालाई विशेषाधिकार
शनिबार, २४ मङ्सिर २०७९, ०३ : ००

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको शनिबार बसेको बैठकले पुरुष तर्फको समानुपातिक सांसदहरूको नाम टुङ्गो लगाउन असमर्थ भएको छ । समितिमा प्रस्तावित नामहरूमा सहमति नजुटेपछि पार्टी सभापति शेरबहादुर देउवालाई नै नाम टुङ्गो लगाउन विशेष अधिकार दिइएको छ ।
कांग्रेसले संघबाट ३ तथा प्रदेशबाट ४ जना पुरुष समानुपातिक सांसदहरूको नाम टुङ्गो लगाउनुपर्नेछ । केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकलगत्तै यतिबेला सभापति देउवा आफ्नो च्याम्बरमा पदाधिकारीहरूसँग छलफलमा जुटेका छन् । दलहरूले आज अपरान्हसम्म समानुपातिक सांसदहरूको सूची निर्वाचन आयोगमा बुझाउनुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजलासमै पानी परेपछि सुनुवाइ स्थगित
-
'एकीकृत एनआरएनएका लागि खुला संवादका पक्षमा छौँ' (निष्कर्षसहित)
-
जलवायु परिवर्तनबारे सामूहिक आवाज उठाउनुपर्छ – मन्त्री राणा
-
गृहमन्त्री रमेश लेखकलाई प्रश्न, ‘जीबी राई कहिले पक्राउ पर्छन् ?’
-
मन्त्रिपरिषद् बैठक सुरू,के गर्ला निर्णय ?
-
दोस्रो पटक म्याद थप्दा पनि टुङ्गिएन कांग्रेसको क्रियाशील सदस्यता नवीकरण