लाङटाङमा खिचियो ‘डिसेम्बर फल्स’ को अन्तिम दृष्य
फिल्म ‘डिसेम्बर फल्स’ को छायाङ्कन सकिएको छ । आगामी पुष १५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारमिा रहेको फिल्मको बाँकी छायाँकन शनिबार सकिएको हो । निर्माण युनिटले फिल्मको अन्तिम दृश्य तिब्बतसँग जोडिएको नेपालस्थित लाङटाङ पुगेर छायांकन गरेको छ । लाङटाङ राष्ट्रिय निकुञ्ज, लाङटाङ लिरुङ हिमाल, गोसाइँकुण्ड जस्ता पर्यटकीय गन्तव्यले प्रख्यात लाङटाङमा फिल्मको बाँकी छायाङ्कन भएको निर्माण रामप्रसाद रिजालले बताए ।
‘एक दिनको भएपनि फिल्मको महत्वपूर्ण दृश्य भएकोले हेलिकप्टर चार्टर गरेर लाङटाङमा खिचायौ’ निर्माता खनालले भने । योसँगै फिल्मको सम्पूर्ण छायांकन सकिएको उनले जानकारी दिए । लभस्टोरी र एक्सन बिषयमा निर्माण भएको फिल्म प्रविण झाले निर्देशन गरेका हुन् । बलिउड छायाँकार महेश आर गुप्ताको छायांकन रहेको फिल्ममा अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह, सुमन थापा, नरेश भट्टराई, सलोन बस्नेत, शिवहरि पौडेल, नागेन्द्र रिजाल, शिशिर राणा लगायतको अभिनय छ ।
रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘डिसेम्बर फल्स’ को कार्यकारी निर्माता लक्ष्मण रिजाल र असिम काफ्ले हुन् भने निर्मातामा रामप्रसाद रिजालसँगै राजकुमार भट्ट छन् । वीपीका खनालको कथा, केदार भुषाल र प्रतिक पौडेलको पटकथा तथा संवाद, बनिष शाहको सम्पादन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको फिल्मलाई श्रीराम बालाजी फिल्मस्ले देशभर वितरण गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुक्ति घोषणा भएको चार वर्ष: हरवाचरवा समुदाय पहिचानबाट वञ्चित
-
पशुपति क्षेत्रमा सरसफाइ
-
हामी फाइनल खेल्न चाहन्थ्यौँ, यो खेल कोही खेल्न चाहँदैनन्: इङ्गल्यान्डका प्रशिक्षक टुचेल
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण