मिसेस वर्ल्डमा भाग लिन दीक्षा उडिन् अमेरिका
आइतबार, २५ मङ्सिर २०७९, १३ : ०२
‘मिसेस वर्ल्डमा नेपाल २०२२’ विजेता दीक्षा केसी अमेरिका उडेकी छन् । डिसेम्बर १७ देखि अमेरिकाको लस भेगासको वेस्टगेट रिसोर्टमा आयोजना हुने ‘सिसेस वर्ल्ड’ मा सहभागी हुन उनी शनिबार त्यसतर्फ लागेकी हुन् ।
सन् १९८४ मा स्थापित ‘मिसेस वर्ल्ड’ विवाहित महिलाहरूको सहभागिता रहने सौन्दर्य प्रतियोगिता हो । प्रतियोगितामा अमेरिका, युरोप, एसिया, अफ्रिका, अस्ट्रेलिया लगायत ६० भन्दा बढी राष्ट्रहरूको सहभागिता रहने गर्दछ ।
प्रतियोगितामा केसीले राष्ट्रिय पोसाकदेखि नेपाली कलासंस्कृति झल्कने विभिन्न पोसाक समेत प्रस्तुत गर्नेछिन् । दीक्षा रिबन इन्टरटेनमेन्टद्वारा आयोजित वाई वाई ‘मिसेस नेपाल वर्ल्ड २२’ की विजेता हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुक्ति घोषणा भएको चार वर्ष: हरवाचरवा समुदाय पहिचानबाट वञ्चित
-
पशुपति क्षेत्रमा सरसफाइ
-
हामी फाइनल खेल्न चाहन्थ्यौँ, यो खेल कोही खेल्न चाहँदैनन्: इङ्गल्यान्डका प्रशिक्षक टुचेल
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण