स्वर्णिम वाग्ले भन्छन्- भ्रष्टाचारविरुद्ध लेख्ने पत्रकारलाई २५ लाखको पुरस्कार दिन्छौं
मङ्गलबार, २७ मङ्सिर २०७९, १२ : ५८

भ्रष्टाचारविरोधी नागरिकहरुको पहलमा २५ लाख बराबरको पत्रकारिता पुरस्कार स्थापना गरिने भएको छ ।
चर्चित अर्थशास्त्री डा.स्वर्णिम वाग्लेले मंगलबार भ्रष्टाचारविरुद्ध कलम चलाउने पत्रकारहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले २५ लाख रुपैयाँ बराबरको पत्रकारिता पुरस्कार स्थापना हुने जानकारी गराएका हुन् ।
‘मुलुकमा फैलिरहेको चरम भ्रष्टाचारको महामारीविरुद्ध तथ्य र प्रमाणमा आधारित अनुसन्धानात्मक पत्रकारितालाई व्यापक प्रोत्साहन गर्ने उद्देश्यसहित केही चिन्तित नागरिककै पहलमा २५ लाख रुपैयाँको पुरस्कार हामी छिट्टै घोषणा गर्दैछौं,’ वाग्लेले सामाजिक सञ्जालमा लेखेका छन् । देशमा व्याप्त भ्रष्टाचार उजागर गरी भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने उद्देश्यले यो पुरस्कार स्थापना गर्न लागिएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनेसास पोर्चुगलको अध्यक्षमा अन्जान
-
प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सुरु || Live ||
-
गण्डकीको बजेट : सांसदलाई ५ लाखको रन्को, अर्थ सचिवको पालिकामा योजनाको लर्को
-
मेटमणिविरुद्ध बैङ्किङ कसुरको जाहेरी सनाखत गरिँदै
-
खेल सुरु गर्न ढिला गरेको भन्दै सिटीमाथि १० लाख पाउन्ड जरिवाना
-
प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा अवरोध नगर्न रास्वपालाई सभामुखको आग्रह