‘गुञ्जन’ को नयाँ पोष्टरमा रोमान्टिक सारा र प्रितम
काठमाडौँ । आगामी पुस २९ गतेबाट प्रदर्शनमा आउने फिल्म हो ‘गुञ्जन’ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले फिल्मको प्रचार–प्रसारसमेत व्यापक बनाएको छ ।
यस्तैमा फिल्मको नयाँ पोष्टर सार्वजनिक भएको छ । सार्वजनिक पोष्टरमा अभिनेत्री सारा सिर्पाली र प्रितमराज सेन्चुरीलाई रोमान्टिक मुडमा देख्न सकिन्छ ।
अष्ट महर्जनको निर्देशन रहेको फिल्ममा सारा र प्रितमको अलावा सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहन शाही, निरुता स्याङतान, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपाने लगायतका कलाकारको अभिनय छ ।
विगत २ दशकदेखि फिल्मको द्वन्द्व निर्देशन गर्दै आएका अष्ट महर्जनको यो निर्देशन डेब्यु फिल्म हो । प्रितमराजले पनि यसै फिल्मबाट अभिनयमा डेब्यु गरेका हुन् ।
हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको फिल्म ए.एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो । विशुद्ध प्रेमकथामा निर्माण भएको फिल्मको वितरण काठमाडौंमा जीजीए ग्रुप र काठमाडौं बाहिर एफडी कम्पनीले गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुक्ति घोषणा भएको चार वर्ष: हरवाचरवा समुदाय पहिचानबाट वञ्चित
-
पशुपति क्षेत्रमा सरसफाइ
-
हामी फाइनल खेल्न चाहन्थ्यौँ, यो खेल कोही खेल्न चाहँदैनन्: इङ्गल्यान्डका प्रशिक्षक टुचेल
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण