पुसबाट कमेडी शो ल्याउँदै जीतु नेपाल
हास्य कलाकार जीतु नेपालले फेरि कमेडी रियालिटी शो ल्याउने भएका छन् । केही अगाडि एक पत्रकार सम्मेलन गर्दै ‘मुन्द्रेको कमेडी क्लब’ बन्द गरेका उनले अगामी पुस महिनाको अन्तिम साताबाट आफ्नो शो ल्याउन तयारी गरेका छन् । आफुले शो ल्याउने सम्पूर्ण तयारी सकिएको उनले बताए ।
‘अब पुसको अन्तिमबाट मेरो कमेडी रियालिटी शो आउँदैछ,’ उनले भने ‘प्रसारका लागि टेलिभिजनसँग कुराकानी भइरहेको छ । टेलिभिजन पनि केही दिनमा फाइनल हुन्छ ।’ यो पटक शोमा केही कलाकार नयाँ र केही पुराना हुने उनले सुनाए ।
जीतुले शोमा रहने कलाकार, ढाँचा र अन्य जानकारी पत्रकार सम्मेलनमार्फत दिने सोच बनाएका छन् । त्यसैले शोको विषयमा उनले अहिले धेरै कुरा बताउन चाहेनन् । ‘छिट्टै शोको विषयमा पत्रकार सम्मेलन हुनेछ’ उनले थपे ।
नेपालले यस अगाडि ‘मुन्द्रेको कमेडी क्लब’ शो कलाकार उमेश राई ‘फुलन्देकी आमा’ ले धोका दिएको भन्दै बन्द गरेका थिए । ‘मुन्द्रेको कमेडी क्लब’ नेपाल टेलिभिजनबाट प्रसारण हुने लोकप्रिय रियालिटी शो थियो । जीतु आफैले होष्ट गरेको उक्त शोमा उनीसहित उमेश राई, राजाराम पौडेल, राजेन्द्र नेपालीको अलवा सदावहार अभिनेत्री करिश्मा मानन्धर समेत देखिँदै आएकी थिइन् । सुरुवातको समयमा कमेडी क्लबमा अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला पनि थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुक्ति घोषणा भएको चार वर्ष: हरवाचरवा समुदाय पहिचानबाट वञ्चित
-
पशुपति क्षेत्रमा सरसफाइ
-
हामी फाइनल खेल्न चाहन्थ्यौँ, यो खेल कोही खेल्न चाहँदैनन्: इङ्गल्यान्डका प्रशिक्षक टुचेल
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण