‘चि मुसी चि’ को टिजरमा के छ ?
बुधबार, २८ मङ्सिर २०७९, १० : ३९
आगामी पुस २३ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो, ‘चि मुसी चि’ । फिल्मले नयाँ टिजर सार्वजनिक गरेको छ । सस्पेन्स र थ्रिलरले भरिएको टिजरमा पार्श्व संगीतलाई पनि महत्व दिएको छ ।
टिजर हेर्दा फिल्मले दर्शकमा डरका साथै उत्सुकता पैदा गराउँछ छ । टिजरमा अभिनेत्री प्रियंका डराएको देख्न सकिन्छ । तर कोसँग डराएको भने देखाइएको छैन । अरुण चक्राबर्तीको प्रस्तुतिमा तयार भएको फिल्म एमी स्टूडियोको ब्यानरमा निर्माण भएको हो ।
फिल्ममा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मा देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव विष्ट लगायतको अभिनय छ । फिल्मले नेपालमा हरर फिल्मको ट्रेन्ड नै स्थापित गर्ने दाबी निर्माताको छ । फिल्ममा मर्ण जेम्स र यश सैनीको संयुक्त निर्देशन छ । रिञ्जु केसी यो फिल्मकी निर्माता हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुक्ति घोषणा भएको चार वर्ष: हरवाचरवा समुदाय पहिचानबाट वञ्चित
-
पशुपति क्षेत्रमा सरसफाइ
-
हामी फाइनल खेल्न चाहन्थ्यौँ, यो खेल कोही खेल्न चाहँदैनन्: इङ्गल्यान्डका प्रशिक्षक टुचेल
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण