बलिउड अभिनेता विवेक ओबरोय नेपाल आउँदै
बुधबार, २८ मङ्सिर २०७९, ११ : ५९
बलिउड अभिनेता विवेक ओबरोय बुधबार नेपाल आउने भएका छन् । एक साता नेपाल बस्ने गरेर उनी साँझ ६ बजे परिवारसहित नेपाल आउन लागेका हुन् । नेपाल बसाइको क्रममा उनले सगरमाथाको बेसक्याम्प, पोखरा, लुम्बिनी र काठमाडौंको पशुपति लगायतको भ्रमण गर्नेछन् ।
विवेकले केही अगाडि एक भिडियो सन्देश जारी गर्दै नेपालमा भ्रमणबारे जानकारी दिएका थिए । ओबरोय व्यवसायी पुनम यादवको पहलमा नेपाल आउन लागेका हुन् । उनी नेपालमा पुनमको मिट एण्ड ग्रीट लगायत केही कार्यक्रममा पनि सहभागी हुनेछन् ।
ओबरोय चर्चित बलिउड अभिनेता हुन् । उनले तेलगु, मलाया, कन्नड लगायत थुप्रै फिल्म अभिनय गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुक्ति घोषणा भएको चार वर्ष: हरवाचरवा समुदाय पहिचानबाट वञ्चित
-
पशुपति क्षेत्रमा सरसफाइ
-
हामी फाइनल खेल्न चाहन्थ्यौँ, यो खेल कोही खेल्न चाहँदैनन्: इङ्गल्यान्डका प्रशिक्षक टुचेल
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण