नेपाल आइपुगे बलिउड अभिनेता विवेक ओबरोय
बुधबार, २८ मङ्सिर २०७९, १९ : २९
बलिउडका चर्चित अभिनेता विवेक ओबरोय नेपाल आइपुगेका छन् । उनी बुधबार साँझ ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँ आएका हुन् ।
विवेक दश दिने भ्रमणका नेपाल आएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा उनलाई पर्यटन बोर्डका कर्मचारी, व्यवसायी पुनम यादव लगायतले नेपाली ढाका टोपी र नेपालको राष्ट्रिय झण्डाले स्वागत गरे ।
सपरिवार नेपाल आएका विवेकले बिहीबार पशुपतिनाथ दर्शन र चन्द्रागिरि भ्रमणको कार्यक्रम रहेको छ । शुक्रबार पोखरा जाने उनी पोखरका विभिन्न स्थानको भ्रमणको अलावा प्याराग्लाइडिङ र जिप लाइन लगायतको मज्जा लिनेछन् । त्यसपछि लुम्बिनी दर्शन र केही कार्यक्रममा उनी सहभागी हुने उनको नेपाल भ्रमण संयोजक कृष्ण शाह कानुले बताए । ओबरोयले बलिउडको अलावा तेलगु, मललायम, कन्नड लगायत थुप्रै फिल्म अभिनय गरेका छन् ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुक्ति घोषणा भएको चार वर्ष: हरवाचरवा समुदाय पहिचानबाट वञ्चित
-
पशुपति क्षेत्रमा सरसफाइ
-
हामी फाइनल खेल्न चाहन्थ्यौँ, यो खेल कोही खेल्न चाहँदैनन्: इङ्गल्यान्डका प्रशिक्षक टुचेल
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण