पर्यटकीय स्थल पाँचपोखरी सरसफाइ अभियान : पाँच सय किलो फोहर सङ्कलन
पर्यटकीयस्थल पाँचपोखरीको सरसफाइ अभियानबाट पाँच सय किलो फोहर सङ्कलन गरिएको छ । कुहिने र नकुहिने गरी पाँच सय किलो फोहर सङ्कलन गरी भरियामार्फत भोताङको फोहर सङ्कलन केन्द्रमा ल्याइएको सहयोगी संस्था आर्सो नेपालका परियोजना संयोजक हर्क तामाङले बताए ।
‘पर्यटन प्रवर्द्धनमा हाम्रो दृष्टि, सफा राखौँ आफ्नो सृष्टि’ भन्ने नाराका साथ गत मङ्गलबारदेखि पाँचपोखरी थाङ्पाल गाउँपालिकाको भोताङबाट सरसफाइ अभियान सुरु गरिएको संस्कृति पर्यटन प्रवर्द्धन समितिका सचिव मुकुन्द पाण्डेले जानकारी दिए ।
पाँचपोखरी थाङ्पाल गाउँपालिकाको आयोजना, नेपाल पर्यटन बोर्ड, न्यूभिजन नेपालको सहआयोजना तथा आर्सो नेपाल र टिजी एच नेपालको समन्वयमा विश्वकै नवौँ अग्लो स्थानमा पर्ने पाँचपोखरीको सरसफाइ अभियान गरिएको हो ।
पाँचपोखरी नेपाल भ्रमण वर्ष २०२० मा घुम्नैपर्ने पर्यटकीयस्थलहरूको सूचीमा समेत परेको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो । जनै पूर्णिमाका अवसरमा मेला लाग्ने र भक्तजन तथा पर्यटकले प्लाष्टिक, बोतललगायत अन्य सामग्रीको जथाभावी प्रयोगले वातावरण बिग्रने हुनाले सरसफाइ अभियान सञ्चालन गरिएको अध्यक्ष लामाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसीसी यू-१९ महिला प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा
-
राष्ट्रिय भेला गर्ने निर्णय थप सल्लाह गरेर मात्रै हुन्छ : पूर्णबहादुर खड्का
-
५ जना मृत अवस्थामा फेला
-
अस्वस्थकर मासुका परिकार बेच्ने ‘जिरे खुर्सानी दरबार’ लाई दुई लाख ५ हजार जरिबाना
-
के अझै फ्रान्स नै प्रबल दाबेदार हो, स्पेनले सक्ला रोक्न ?
-
‘व्यवसायीलाई दुःख दिने सरकारको नियत छैन, तपाईंहरू नै अर्थतन्त्रको ड्राइभिङ सिटमा हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण