गढीमाई नगरपालिकामा ८ करोडको लागतमा आधुनिक कोल्डस्टोर निर्माण हुँदै
रौतहटको गढिमाई नगरपालिकामा आज गढीमाई नगरपालिकामा ८ करोड रुपियाको लागतमा आधुनिक कोल्डस्टोर निर्माण हुँदैछ। मेयर श्यामबाबु यादवको विशेष सक्रियतामा आधुनिक सित भण्डार निर्माण हुन लागेको हो।
शुक्रबार एक समारोहका बीच मेयर यादवले गढीमाई १ समनपुरमा सैनिक पार्क नजिक विधिवत् रुपमा खाद्य भण्डारको शिलान्यास गरेका हुन। नेपाल सरकारको केन्द्रीय बजेट ससर्त अनुदान तथा गढीमाई नगरपालिकाको संयूक्त लगानीको कुल ८ करोड रुपियाको लागतबाट सुविधा सम्पन्न आधुनिक सित भन्डार भवन निर्माण भैरहेको प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले बताएका छन ।
शीत भण्डार निर्माण पछि नगरका किसानलाई आलु,फलफूल लगायत कृषि उपज भण्डारन गर्न सहज हुने अधिकृत यादवले जानकारी दिएका छन । शिलान्यास समारोहमा नगर प्रमुख श्याम प्रसाद यादव ,गढीमाई नगरपालिका१ का वडा अध्यक्ष रामपुकार यादव प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादव , लेखा अधिकृत कामेश्वर सहनी ,तथा विभिन्न पार्टीका नेता, तथा दर्जनौं स्थानीय को उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३२ मिनेटमै डेम्बेलेको ह्याट्रिक, नर्वेविरुद्ध फ्रान्स ३–१ ले अगाडि
-
विद्यालय तहमा नैतिक शिक्षाको पुनर्स्थापना समयको माग
-
नर्वेका स्टार स्ट्राइकर हालान्ड फ्रान्सविरुद्ध बेन्चमा, यस्तो छ कारण
-
१२ बजे १२ समाचार: एन्फा पूर्वअध्यक्ष पक्राउदेखि ९५ प्रतिशत स्थानीय सरकारले बजेट समयमै ल्याएसम्म
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या ५८९ पुग्यो
-
भोजपुरमा डेङ्गी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण