बीमा प्राधिकरणको निर्णय प्रति केरा किसानको आपत्ति
केराको विषयमा बीमा प्राधिकरणको नीतिलाई लिएर केरा उत्पादक संघले आपत्ति जनाएको छ । नेपाल बीमा प्राधिकरणको निर्देशनमा निर्धारित केराको बोट र क्षेत्रफल प्रति नवलपरासी केरा उत्पादक संघले प्रेस विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको छ ।
नवलपरासीका केरा किसानहरु विगतका वर्षदेखि प्रति हेक्टर २५ सय देखि ३ हजारसम्म केराको बोट लगाई बढि केरा उत्पादनबाट लाभ लिइरहेका बेला बीमा प्राधिकरणको प्रति हेक्टर १९०५ बोट मात्र केरा बोट लगाएकोलाई बीमा गर्ने निर्णय प्रति संघको ध्यानाकर्षण भएको संघका अध्यक्ष लख्खु यादवले बताए ।
बाली तथा पशुधन बीमाकोष व्यवस्थापन समितिको यही मंसिर १५ गतेको बैठकले प्रतिबोट लागत २७५ र प्रति हेक्टर १९०५ बोट केरा लगाउने निर्णयलाई बीमा प्राधिकरणले सबै निर्जिवन बिमक कम्पनीहरुलाई त्यो निर्णय कार्यान्वय गराउन मंसिर १८ गते निर्देशन दिएपछि संघले त्यस निर्णय र निर्देशन प्रति कडा आपत्ति जनाएको संघका अध्यक्ष यादवद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ । उखुको विकल्पमा जिल्लामा फस्टाएको केराखेती तर्फ कृषकहरु आकर्षित भई प्रति हेक्टर २५ सय देखि ३०० हजार सम्म बोट लगाई राम्रो प्रतिफल लिइरहेका बेला यस्तो निर्णय आउँदा यहाँका किसानहरु थप चिन्तित बनेका छन् ।
जिल्लाको सुस्ता, प्रतापपुर, सरावल गाउँपालिका र पुर्वी नवलपरासीको बिनयीत्रिवेणी गाउँपालिकाका केरा किसानहरु केरा खेती गर्दै आएका छन् । केरा खेतीमा विभिन्न प्रकोपबाट केराबोट र फल नोक्सान हुने हुँदा केराबालीको बिमाका लागि सरकारले तोकेको प्रोडेन्सियल बीमा कम्पनीले समयमा केराबोट र बालीको बीमा नगर्दा किसानहरु समस्यामा परेको कुरा यस विज्ञप्तिमा उल्लेख गरिएको छ । उक्त बीमा कम्पनीलाई विगत ६ बर्षदेखि बीमाका लागि ताकेता गर्दा पनि बीमा कम्पनीले किसान र संघलाई बेवास्ता गर्दै किसानलाई पीडित बनाएको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानको निर्यात वृद्धि
-
कुशलको नाममा नयाँ कीर्तिमान
-
लंका प्रिमियर लिगमा तीन नेपाली खेलाडी अनुबन्ध
-
अब हरेक सोमबार चलचित्रको बक्स अफिस रिपोर्ट सार्वजनिक हुने
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण