बाइडेनले जेलेन्स्कीलाई भने– अमेरिका युक्रेनको साथमा उभिनेछ, ४५ अर्ब डलर दिने वाचा
अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई रुससँग युद्ध चलेसम्म अमेरिका युक्रेनको साथमा रहने प्रतिबद्धता व्यक्त गरेका छन् । अमेरिका भ्रमणमा रहेका राष्ट्रपति जेलेन्स्कीलाई राष्ट्रपति बाइडेनले भने, ‘तपाईं कहिल्यै एक्लो हुनुहुन्न।’
यस वर्षको फेब्रुअरीमा रुसी आक्रमणपछि जेलेन्स्की पहिलो पटक विदेश भ्रमणमा गएका हुन् । अमेरिका भ्रमणमा जेलेन्स्कीले जो बाइडेनलाई भेटे र त्यसपछि दुवैले संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गरेका थिए।
यस क्रममा जो बाइडेनले अमेरिकाले युक्रेनलाई दुई अर्ब डलरभन्दा बढीको नयाँ प्याकेज सहयोगको रूपमा दिएको पुष्टि गरेका छन् । यससँगै अमेरिकाले ४५ अर्ब डलरको अर्को प्याकेज दिने वाचा गरेको छ । बुधवार पत्रकार सम्मेलनमा बाइडेनले युक्रेनको सहयोगप्रति आफूलाई कुनै चिन्ता नभएको बताए ।
युक्रेनका केही सहयोगी राष्ट्रहरूले युद्धका कारण उत्पन्न समस्या, विश्वभर खाद्यान्न र इन्धनको अभावबारे चिन्ता व्यक्त गरिरहेका छन् ।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण