शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

फिलिपिन्समा नेपाली बालबालिकालाई उपाधि

बिहीबार, ०७ पुस २०७९, २१ : ३७
बिहीबार, ०७ पुस २०७९

तीन जना नेपाली बालबालिका शैब्या घिमिरे, रिदम नेपाल र खुसीप्रिया कसुलाले फिलिपिन्समा आयोजित ‘रिपब्लिक कन्टिनेन्ट इन्टरनेशनल २०२२’ प्रतियोगितामा  उपाधि जित्न सफल भएका छन् । बुलाकान सिटीमा १६ देखि २१ डिसेम्बरसम्म आयोजना भएको प्रतियोगीतामा ‘रिपब्लिक कन्टिनेन्ट एम्बेसडर’ उपाधि जित्न सफल भएका छन् ।

प्रतियोगिताको योङ प्रिन्स तर्फ रिदम नेपाल, योङ प्रिन्सेस तर्फ खुसीप्रिया कसुला र टिन प्रिन्सेस तर्फ शैब्या घिमिरले उपाधि हासिल गरे । प्रतियोगितामा तिनै जनाले बेष्ट ट्यालेन्ट उपाधि समेत हात पर्दा शैब्या घिमिरेले फोटो जेनिकसहित ३ उपाधि हात पार्न सफल भइन् । सहभागी सबै प्रतियोगी रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजनामा आयोजित विभिन्न सौदर्य प्रतियोगीताका विजेता हुन् । 
नेपाल, भारत, मलेसिया, फिलिपिन्स थाइल्याण्ड लगायत १७ देशका प्रतियोगी सहभागी प्रतियोगिता बालबालिकाको प्रतिभा निखार्ने उद्देश्यले लामो समयदेखि आयोजना हुँदै आएको भएपनि नेपालको भने पहिलो सहभागिता हो ।

प्रतियोगितामा सहभागी प्रतियोगिले नेपालको संस्कृति, भेषभुषा प्रदर्शनको अलवा नेपालको पर्यटनको बारेमा समेत जानकारी गराएका थिए । अन्तराष्ट्रिय कोरियोग्राफर राज फैजु, नृत्य निर्देशक संयुक्त स्थापित, बृहस्मान सुनुवार लगायतको क्याटवाक, अभिनय, नृत्य लगायतका विषयको प्रशिक्षणसहित प्रतियोगी प्रतियोगीतामा सहभागी भएका थिए । 

प्रतियोगीलाई रेडियन्ट इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक, अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले आफैले लिएर गएका थिए भने उनीहरुले लगाउने पहिरन डिजाइन श्रीषा बैदारले तयार पारेकी थिइन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप