भोक हडताल गरेका वाङचुकले औषधि लिन गरे इन्कार
नयाँ दिल्ली । दिल्लीको जन्तरमन्तरमा २१ दिनदेखि भोक हडतालमा बसिरहेका अभियानकर्ता सोनाम वाङचुकलाई शनिबार बिहान प्रहरीले जबरजस्ती उठाएर सफदरजंग अस्पताल पुर्याएको छ ।
अस्पताल प्रशासनले जारी गरेको स्वास्थ्य बुलेटिन अनुसार वाङचुकलाई डिहाइड्रेशन भएको छ, तर उनले चिकित्सा टोलीबाट औषधि लिन अस्वीकार गरेका छन् । चिकित्सकीय रिपोर्ट अनुसार वाङचुकको शरीरमा पोटासियमको मात्रा निकै घटेको छ र युरिन किटोन बढेर ३ पुगेको छ।
यसैबिच वाङचुकका निजी चिकित्सक डा. नितिन दिघेले अस्पतालमा गृह मन्त्रालयका अधिकारीहरू उपस्थित रहेका कारण आफ्नो टोलीलाई वाङचुकसँग भेट्न नदिइएको आरोप लगाएका छन् । वाङचुककी पत्नी गीताञ्जली जे आङ्मोले पनि सोनामको पोटासियम स्तर कम भएको पुष्टि गर्दै यसको उपचार जन्तरमन्तरमै गर्न सकिने र उनलाई अस्पताल भर्ना गरिरहनु आवश्यक नभएको दाबी गरेकी छन् ।
वाङचुकले पेपर लीक प्रकरणको निष्पक्ष अनुसन्धान र भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै अनसन सुरु गरेका थिए । लगातारको अनसनका कारण उनको स्वास्थ्य अवस्था बिग्रँदै गएको र तौल पनि करिब ९.५ किलोग्रामले घटिसकेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तथ्यांकमा अर्जेन्टिनाको घातक आक्रमण र स्पेनको अभेद्य रक्षापङ्क्ति
-
म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता
-
श्रीलङ्काले व्यावसायिक शिक्षालाई प्राथमिकता दिने
-
यमालसँगको ऐतिहासिक तस्बिरबारे के भने मेस्सीले ?
-
भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी
-
लागूऔषधसहित २२ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण