संकटमा पत्रकारिता क्षेत्रको अहम् भूमिका हुन्छ : राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले विद्यमान अवस्थामा पत्रकारिता क्षेत्रले सबैतिर यथोचित ध्यान दिनुपर्नेमा जोड दिएकी छन् । राष्ट्रपति भण्डारीले शुक्रबार नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभाको सुर्खेतमा उद्घाटन गर्दै सो कुरा बताएकी हुन् । राष्ट्रपति भण्डारीले प्रजातन्त्रमाथि संकट आउँदा पत्रकारिता क्षेत्रको अहम् भूमिका हुने गरेको समेत बताइन् ।
उनले भनिन्– ‘प्रेस जगतले सूक्ष्म निगरानी राख्नुपर्छ, प्रेस जगतले स्वच्छ तरिकाले राज्य र समाज बीचको दायित्वको काम गर्नुपर्छ।’ राष्ट्रपति भण्डारीले नेपाली जनताको चाहना मुलुकमा तीव्र विकास होस् भन्ने भएको बताउँदै अहिले जीवनस्तरमा सुधार हुनु आवश्यक रहेको बताए ।
सामाजिक सुरक्षा र सामाजिक न्याय नागरिकको मूल लक्ष्य भएकाले यो कुरालाई सबैले गम्भीर रुपमा लिनुपर्नेमा उनले जोड दिइन् । यसमा राज्यको चौथो अंगको रुपमा रहेको सञ्चार जगतको ठूलो भूमिका हुने उनले बताइन् ।।
उनले अहिलेको प्रविधिको विकासले अवसर मात्र होइन चुनौती पनि थपेको बताउँदै सूचनाको हक लोकतन्त्रमा अनिवार्य रहेको बताइन् । राज्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्नुपर्नेमा राष्ट्रपति भण्डारीले जोड दिइन् ।
उनले पत्रकारिताको मर्यादामा ख्याल गर्न समेत सम्बन्धित सबैलाई आग्रह गरिन् । उनले भनिन्, ‘पत्रकारिता आवाज विहीनको आवाज बनेको छ की छैन ? यसले लोकतन्त्रलाई बलियो बनाउन भूमिका खेलेका छ की छैन ? समाजमा कतै विकृति फैलाउँदै त छैन ?’ उनले सञ्चारमाध्यमको भूमिकाप्रति चनाखो हुनुपर्नेमा जोड दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोमानिया पठाउने नाममा ठगीधन्दा : आरोपीले ठगेको रकम भेटिएन, उल्टै ऋण देखियो
-
भारतीय चर्चित कोरियोग्राफर टेरेन्स लुइस काठमाडौँमा (तस्बिरहरू)
-
क्षयरोगका कारण प्रत्येक एक लाखमा ५३ जनाको मृत्यु
-
प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष दाहाल
-
कानुन निर्माणमा तीन तहका सरकारबिच सहकार्य हुनुपर्छ : सभामुख अर्याल
-
लेबनानमा इजरायली आक्रमण : मृत्यु हुनेकाे संख्या ५ पुग्याे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण